बनेपा,२४ चैत । आफ्नै श्रीमतीले खुर्पा प्रहार गरी श्रीमानको हत्या गरेकी छन । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ रविओपीमा ५५ वर्षीया लालीमाया तामाङले ६० वर्षीय श्रीमान् सुकराम तामाङलाई खुर्पा प्रहारी गरी हत्या गरेकी हुन् ।
सँगै बसेर मादक पदार्थ सेवन गरेपछि उनीहरुबीच झगडा भएको थियो । सुकरामलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको बताइएको छ ।
खुर्पा प्रहारबाट सुकरामकी ७० वर्षीया फूपु कान्छीमाया गम्भीर घाइते भएकी छिन् । प्रहरीले हत्यामा संलग्न लालीमायालाई नियन्त्रणमा लिएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्