ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य बीमावापतको रकम सरकारले व्यहोर्छः अर्थमन्त्री डा खतिवडा


एबीसी न्यूज
२६ चैत्र २०७५, मंगलबार   २ : ५५   बजे

काठमाडौँ, २६ चैत । अर्थमन्त्री डा युवराज खतिवडाले निरपेक्ष गरीबीको रेखामुनि रहेका जनताको स्वास्थ्य बीमावापतको रकम सरकारले व्यहोर्ने तयारी गरिरहेको बताउनुभएको छ । सामुदयिकस्तरबाट सञ्चालित नेपाल आँखा अस्पतालको ४५आँै वार्षिकोत्सवमा उहाँले सबै जनतालाई स्वास्थ्य बीमामा आवद्ध गराउने सरकारको नीति रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गरीबीको रेखामुनि रहेका जनता कति छन्, यकिन तथ्याङ्क आउन लागेको छ, सो आएपछि उहाँहरुको स्वास्थ्य बीमावापतको प्रिमियम रकम सरकारले व्यहोर्छ ।” हाल ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको रु एक लाखवापतको प्रिमियम रकम सरकारले स्वास्थ्य बीमा बोर्डमार्फत व्यहोर्ने गर्छ । विसं २०७२ चैत २५ गतेदेखि शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम हाल ४२ जिल्लामा कार्यान्वयनमा आएको छ । हालसम्म ती जिल्लाका १५ लाख ७१ हजार ४८८ नागरिक बीमामा आवद्ध छन् । बोर्डले एक वर्षभित्र सबै जिल्लामा बीमाको कार्यक्रम लागू गर्ने तयारी गर्दैछ । मन्त्री खतिवडाले स्वास्थ्य बीमाको पहुँचका साथमा स्वास्थ्य प्रदायक संस्थाको जनशक्ति, उपकरण र सेवा थप गुणस्तरीय बनाउन आवश्यक रहेको बताउनुभयो ।

यसका लागि स्थानीय, प्रदेश र सङ्घको ध्यान जानुपर्ने उहाँको भनाइ थियो । “नेपाल आँखा अस्पतालले पु¥याएको योगदान महत्वपूर्ण छ, आगामी दिनमा यसलाई आँखा उपचार तथा जनशक्ति तयारी क्षेत्रमा उत्कृष्ट केन्द्र बनाउन सरकारले सहयोग गर्नेछ”, मन्त्री खडिवडाले भन्नुभयो । बालबालिकाको समग्र स्वास्थ्य सुधारका लागि बालपोषण, सुनौला हजार दिन, बाल संरक्षण अनुदान, खाद्यन्नमा आधारित पोषणजस्ता कार्यक्रम कार्यान्वयनमा आएको र आगामी दिनमा विद्यालय स्वास्थ्य शिक्षामा थप लगानी गरिने उहाँले जानकारी दिनुभयो ।

व्यावसायिक संस्थालाई सामाजिक र वातावरणीय उत्तरदायित्व पूरा गर्न उहाँले आग्रह गर्नुभयो । अस्पतालका स्वास्थ्य निर्देशक डा कलमबहादुर खड्काले अस्पतालले आफ्नो सेवाको दायरालाई फराकिलो बनाउँदै आँखा स्वास्थ्यसम्बन्धी जनशक्ति उत्पादनमा ध्यान दिई पठनपाठनमा पनि महत्व दिएको बताउनुभयो । अस्पताल सञ्चालक समितिका अध्यक्ष विश्वकान्त मैनालीले आँखा उपचार सेवा, जनशक्ति उत्पादनका क्षेत्रमा अस्पताललाई नमूना अस्पताल बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो । विसं २०३० चैत २६ गते सो अस्पताल स्थापना भएको हो । अस्पतालले पछिल्लो समय आँखा एमडी तहको जनशक्ति उत्पादन गरिरहेको छ । सामुदायिक अस्पतालमध्ये सो अस्पताल उत्कृष्ट छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group