ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तल्लो तहको पार्टी एकता अप्रिल २२ टुङ्गिन्छ : अध्यक्ष प्रचण्ड


admin
२७ चैत्र २०७५, बुधबार   ३ : ३३   बजे

चितवन, २७ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्रिल २२ सम्म तल्लो तहसम्मको पार्टी एकता टु्ङ्गिने बताउनुभएको छ ।

माडीमा आज आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा उहाँले नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दिन २२ अप्रिलमा तल्लो तहसम्मको कमिटी सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताउनुभयो ।

विसं २००६ अप्रिल २२ तारिखका दिन भारतको कोलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । उहाँले चितवनको विषयमा कुनै समस्या नभए पनि अन्य केही जिल्लामा समस्या देखिएका कारण एकतामा ढिलाइ भएको जानकारी गराउनुभयो ।

उहाँले स्थानीय तहमा हुने गतिविधिमा सघाउन कार्यकर्तालाई निर्देशन दिनुभएको दाहालको निर्वाचन क्षेत्र हेर्दै आउनुभएकी स्वकीय सचिव निशा न्यौपानेले बताउनुभयो । सो क्रममा अध्यक्ष दाहालले निकुञ्ज ऐनयुद्धस्तरमा बनिरहेको र जनतामैत्री ऐन बन्ने उहाँले दाबी गर्नुभयो । निकुञ्जका कारण जनताले दुःख नपाउने गरी छिट्टै जनमैत्री निकुञ्ज ऐन आउने उहाँको भनाइ थियो ।

उहाँले बाँदरमुढेमा पार्क निर्माणका लागि रु १० करोड विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । पार्क रोजगारी सिर्जना हुने र आयआर्जन गर्न मिल्ने गरी निर्माण गरिने जानकारी उहाँले दिनुभयो । भूमिहीनका समस्या छिट्टै समाधान गर्ने बताउँदै उहाँले सबैलाई आफ्नो जग्गाको लालपूर्जा दिलाउनेतर्फ सरकार लागेको जानकारी गराउनुभएको थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले आफ्नो पहलमा हालसम्म माडी क्षेत्रमा विकासका लागि नगरपालिकामार्फत् रु ३८ करोड र सङ्घीय सरकारमार्फत् रु एक अर्ब ६३ करोड बजेट विनियोजन भइसकेको जानकारी गराउनुभएको थियो । ती बजेटबाट पुल, सडक, कृषि, पर्यटन, विद्युत् लगायतका काम भइरहेका न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group