ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसद लिङ्देनलाई ‘ज्यान मार्ने धम्की’


admin
२७ चैत्र २०७५, बुधबार   ३ : ५७   बजे

बनियानी, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले आफूलाई ज्यान मार्ने धम्की आएको बताउनुभएको छ ।

झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी सांसद लिङ्देनले यही चैत ७ गतेदेखि आफूलाई निरन्तर ज्यान मार्ने धम्की आएको जिकिर गर्नुभयो । “चैत ७ गतेदेखि निरन्तर मलाई थ्रेट आइरहेको थियो”, उहाँले भन्नुभयो, “कहिले शुभचिन्तक हुँ भन्दै म्यासेज आयो, कहिले तँलाई मार्ने मैले सुपारी लिएको छु भन्दै हिन्दी भाषामा भ्वाइस म्यासेज आयो ।”

शुरुमा मोबाइल नं ९८४३९४०२९४ बाट ‘कोही तपाईंलाई मार्न चाहन्छ, तीन जना इण्डियन मान्छे आको थियो, अनि त्योसँग दुई जना नेपाली मान्छे आए र भेटे, शायद एउटा पुलिसजस्तो लाग्यो, अनि तीन जनासँग पेस्तोल पनि थियो, हिन्दीबाट कुरा गर्दै थिए, दुई जना नेपालीले २० लाख दिए, बाँकी ३० लाख काम भएपछि दिने भन्दै गए’ मेसेज(सन्देश) उद्धृत गर्दे लिङ्देनले बताउनुभयो ।

त्यसपछि मोबाइल नम्बर ९८१३५४४९२९ बाट ह्वाटसएपमा आफूलाई हिन्दी भाषामा ‘तुम्हे मार्नेका मुझे ५० लाख दिया गया है, २० लाख एडभान्स मिला है, बाँकी काम होनेके वाद मिलेगा’ भन्ने भ्वाइस म्यासेज आएको नेता लिङ्देनले बताउनुभयो ।

‘तँ राम्रो मान्छे रहेछस्, तँलाइ मारेँ भने मलाई अल्लाले पनि माफ गर्दैन, मैले मिसन छोडेँ, भारत फर्केँ”, अन्तिम भ्वाइस मेसेजबारेमा बताउँदै उहाँले भन्नुभयो, “त्यसपछि मेसेज आएन ।” घटनापछि आफूले प्रहरीसँग सम्पर्क गरेको प्रतिनिधिसभा सदस्य लिङ्देनले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रहरीको सिआइडीले घटनाको अनुसन्धान शुरु गरिरहेको छ, केही मान्छेलाई प्रहरीले पक्राउ परेको छ ।” मोबाइल नं ९८१३५४४९२९ को कल डिटेल्सका आधारमा प्रहरीले झापाको केचनाकवल–२ बाट तिलकदास पराजुलीलाई पक्राउसमेत गरेको छ । प्रहरीले उक्त नम्बरबाट आफूसहित झापालगायत स्थानका चार जनासँग कुराकानी भएको पत्ता लगाएको उहाँले बताउनुभयो ।

“केही आपराधिक व्यक्ति र केही पार्टीभित्रकै व्यक्तिसँग पनि सम्पर्क भएको देखियो”, उहाँले भन्नुभयो, “पार्टीभित्रकै मान्छे घटनामा संलग्न भएको देखिएको छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu