ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

द्रुत मार्गमा गुठीको जग्गा अधिग्रहण शुरु


एबीसी न्यूज
२८ चैत्र २०७५, बिहिबार   ५ : २९   बजे


काठमाडौं, २८ चैत्र । निर्माणाधीन काठमाडौँ–निजगढ द्रत मार्ग (फास्ट ट्र्याक) का लागि गुठीको जग्गा अधिग्रहण शुरु गरिएको छ । काठमाडौँलाई तराईसँग जोड्ने सबैभन्दा छोटो मार्ग मानिने सो आयोजनाबाट अहिलेसम्म गुठीका नाममा मुआब्जाबाट झण्डै रु चार करोड जम्मा भएको छ ।

\खोकना गाउँ र त्यस आसपासमा पर्ने गुठीको जग्गा अधिग्रहणमा परेको गुठी संस्थान ललितपुर शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो । अहिलेसम्म झण्डै ४० रोपनी जग्गा अधिग्रहण भइसकेको छ भने अरू धेरै कित्ता जग्गा अधिकरणका क्रममा छ । उहाँका अनुसार सरकारले अरू व्यक्तिगत जग्गा जस्तै गुठीको जग्गालाई पनि सरकारी नियमानुसार मुआब्जा दिएको हो ।

उहाँले भन्नुभयो, “प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआब्जा समितिले तोकेअनुसार नै गुठीमा मुआब्जा आएको हो ।” खोकनामा रातो मछिन्द्रनाथलगायत धेरै मन्दिर र गुठीका नामका जग्गा रहेको कार्यालयले जनाएको छ । कला र संस्कृतिले भरिएको उक्त स्थानलाई युनिस्को (संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवम सांस्कृतिक सङ्गठन) ले विश्व सम्पदा सूचीमा सूचीकृत हुनसक्ने सम्भावना भएका ठाउँको सूचीमा राखेको थियो । सरकारले दुई वर्षपहिले सो सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

झण्डै ७६ किलोमिटर दूरीको उक्त आयोजनामा खोकना, बुङ्गमती लगायतका स्थानमा जग्गा विवाद रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group