ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाजुक बन्दै मानसिक अस्पताल


एबीसी न्यूज
२८ चैत्र २०७५, बिहिबार   ५ : ३८   बजे


काठमाडौं, २८ चैत्र । मानसिक रोगीको उपचार गर्ने देशको एक मात्रै केन्द्रीयस्तरको ‘मानसिक अस्पताल पाटन’ को अवस्था दिनानुदिन नाजुक बन्दै गएको छ । पर्याप्त मात्रामा आवश्यक जनशक्ति, उपचारकक्ष, शैया, पुनसर््थापना सेवा, पानीको सुविधा र दैनिक बिरामीको चाप बढेसँगै अस्पतालको अवस्था नाजुक बन्दै गएको हो ।

बहिरङ्ग सेवा लिन दैनिक १५० देखि २०० बिरामी आउँछन् तर यहाँ उपचार कक्षको अभाव छ । स्थापनाकालदेखि ५० शैया रहेको सो अस्पतालको अवस्था त्यसबाट माथि उठ्न सकेको छैन । शय्याको अभावमा बिरामी त्यसै फर्कनुपर्ने बाध्यता छ । सरकारले अस्पताललाई वार्षिक रु दुई करोड दिने गरे पनि यति रकमले कतै पनि छेउ नलाग्ने मानसिक अस्पताल पाटनका निर्देशक डा मोहनराज श्रेष्ठ लाखेले गुनासो गर्नुुभयो । “अस्पतालमा कुल ७४ जना कर्मचारीको दरबन्दी छ ।

त्यसमा ४८ जनाको पदपूर्ति छ भने रिक्त दरबन्दी २६ को सङ्ख्यामा छ”, लाखेले भन्नुभयो, “३५ जना कर्मचारी करारमा कार्यरत छन्, उनीहरुलाई अस्पतालको सटर भाडाबाट उठेको रकमबाट मात्र महिनामा रु आठ हजारदेखि बाह्र हजार तलब खुवाउनुपर्ने बाध्यता छ । ” अस्पतालमा हाल पाँच जना एमडी चिकित्सक कार्यरत छन् ।

उपचार सेवा लिन दैनिक १५० देखि २०० बिरामी आउँछन् । अस्पतालमा बिरामीको चाप बढेसँगै हाल ३०० शय्याको व्यवस्थित भवन निर्माण गर्ने योजना अघि बढाएका छौँ । त्यसमा करीब एक सयदेखि १५० शय्या मात्र थप्न सकियो भने चिकित्सक र बिरामी दुवैको समस्या समाधान हुने अस्पतालका सूचना अधिकारी एवं प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट डा अनन्तप्रसाद अधिकारीले बताउनुभयो ।

“मानसिक रोग लागेका बिरामीलाई कम्तीमा पनि एक हप्ता अस्पताल राख्नुपर्ने हुन्छ । अस्पताल बस्ने हरेक बिरामीसँग दिनको रु ५० उठाएर दिनको तीन पटक खाना र खाजा खुवाउने व्यवस्था गरेका छौँ”, अधिकारीले भन्नुभयो, “थप बिरामी आउँदा उनीहरुलाई अन्तरंग सेवामा भर्ना गर्न नसकेर आकस्मिक कक्षमा राख्नुपर्ने बाध्यता भएको छ, जब बिरामी उपचार गरेर घर फर्कन्छन् तब उनीहरुलाई साधारण कक्षमा सार्ने गर्नु परिरहेको छ ।”

अस्पतालमा अपराह्न ३ देखि ५ बजेसम्म पेइङ(चिकित्सक शुल्क)मा आउने बिरामी जाँच्ने गरिन्छ । पेइङ शुल्क प्रत्येक बिरामीसँग रु ४०० र क्याबिनमा बस्ने बिरामीसँग रु २५० लिने गरिएको छ । आजकाल मानिसको आम्दानी कम भएर होला उच्चकोटिको जीवनयापन गर्न खोज्दा त्यहीअनुसार जिउन नपाई मनमा कुरा खेली मानसिक रोग बढेको बहिरङ्ग सेवा सिनियर अनमी हस्तमाया अर्यालले बताउनुभयो ।

“अस्पतालमा उपचार कक्ष र शय्याका साथै विभिन्न कुराको अभावका कारण कैयौँ बिरामीका आफन्तले आफ्नो बिरामीको उपचारका लागि अस्पताल भर्ना गर्न नपाएकामा गुनासो गर्छन्”, अर्यालले भन्नुभयो, “हाल बढीजसो १५ देखि ३५ वर्ष उमेर समूहका युवकयुवतीहरु मानसिक रोगको शिकार भएका छन् ।”

अस्पतालमा महिला र पुरुष दुवैलाई उपचार गर्ने कक्ष छुट्टाछुट्टै छ तर सो रोग लागेका बिरामीका एक आफन्तलाई भने कुरुवामा राख्नुपर्ने हुँदा उक्त कक्षको व्यवस्था गर्न नसकेको बताइएको छ । अस्पतालले प्र्रयोगात्मक परीक्षा गर्न आउने हरेक विद्यार्थीसँग वार्षिक रु ५० हजार लिने गरेको छ । यसका आधारमा अस्पतालले प्र्रयोगात्मक परीक्षामार्फत वर्षमा रु १८ लाखदेखि २० लाख उठाउँछ । अस्पतालका सात सटरबाट प्रत्येकको रु ५८ हजारको दरले वर्षको रु चार लाख ६० हजार उठाइए तापनि उपकरण खरीद र बिरामीको हेरचाहमा सो रकम पु¥याउन नसकेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालमा हालसम्म सुविधासम्पन्न भवन तथा नयाँ र आधुनिक उपकरण अभावका साथै पिउने पानीको समस्या निकै छ । पानीको समस्या समाधान गर्न अस्पतालले दुई तीन पटक डिप बोरिङ गरे तापनि आवश्यक पानी झिक्न नसकेको यहाँका एक कर्मचारीले बताए । “विगत कैयाँै वर्षदेखि यहाँ पिउने पानीको समस्या बढ्दै गएको छ”, ती कर्मचारीले भने, “खानेपानी कारखाना चलाउने एक दाताले सहयोग गर्छु भनेर आएको छ तर कति पानी उपलब्ध गराउने हो त्यसको निधो भने भइसकेको छैन ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group