ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानमा विस्फोट, १६ जनाको मृत्यु


admin
२९ चैत्र २०७५, शुक्रबार   २ : ५२   बजे

एजेन्सी,२९ चैत । पाकिस्तानको दक्षिणपश्चिमी शहर क्वेटाको एक फलफूल बजारमा शुक्रबार बिहान सबेरै भएको बम विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन् ।

बलुचिस्तानका प्रान्तीय प्रहरी प्रमुख मोहसिन बटका अनुसार मारिएका व्यक्तिहरुमा आठ जना अल्पसंख्यक शिया हजारा मुसलमान समुदायका व्यक्तिहरु रहेका छन् । ती आठ जनामा पनि एक सुरक्षा अधिकारी र बजारका एक कामदार रहेका छन् । सहजै पहिचान गर्न सकिने मध्य एसियाली हजारा समूदायमाथि सुन्नी विद्रोही समूहले बेलाबखत आक्रमण गर्ने गरेका छन् ।

सुन्नी समुदायले हजारा समुदालाई धर्मविरोधीको आरोप लगाउने गर्दछन् । बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटा नजिकको हजारगन्जीमा सो विस्फोट भएको वरिष्ठ प्रहरी अधिकृत अब्दुल रजाक चिमाले बताउनुभयो ।

बम विस्फोट भएको सो क्षेत्र रगताम्य भएको र घाइतेहरुले सहयोगका लागि रुवाबासी गरेको एएफपीका एक समाचारदाताले बताएका छन् । यस आक्रमणको कुनै पनि समूहले शुक्रबार बिहानसम्म जिम्मा लिएको छैन ।

क्वेटा शहरको कूल जनसंख्या २३ लाखमध्ये पाँच लाख हजारा समूहका व्यक्तिहरु छन् । हजाराहरुलाई लडाकू समूहले प्रायः आक्रमण गर्ने गरेका र फलफूल बजार आउँदा पनि प्रहरीले सुरक्षा दिने गरेको प्रहरी प्रमुख बटले जानकारी दिनुभयो ।

पाकिस्तानको उत्तरपश्चिम शहर पेसावरमा अवस्थित एक सैनिक विद्यालयमा सन् २०१४ तालिबान लडाकू समूहले गरेको भीषण आक्रमणपछि पाकिस्तानमा उल्लेखनीय रुपमा हिंसा घटेको अनुमान गरिँदै आएको थियो । यस आक्रमणमा बालबालिका सहित १५० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group