काठमाडौं,३० चैत । राजधानी काठमाण्डौको चमतिमा भैरव र कुमारीको सामुहिक पुजा गरिएको छ । श्री पञ्चकुमारी सामाजिक संस्थाले सनिबार भैरव र कुमारीको सामुहिक पूजाको आयोजना गरेको हो ।
भैरव र कुमारी पुजाका लागि १२ बर्ष मुनिका बाल बालिकालाई सिंगारपटार गरि बालकलाई भैरव र बालिकालाई कुमारीको प्रतिकका रुपमा पुजेर खानेकुरा, बस्त्र लगायत दिईएको थियो ।
विशेष गरेर शिव र शक्तिको प्रतिकका रुपमा हरेक बर्ष कुमारी र भैरवको सामुहिक पुजा हुदै आएको श्री पञ्चकुमारी सामािजक संस्थाका अध्यक्ष पुरुषोत्तम महर्जनले जानकारी दिनुभयो । भैरव र कुमारीको सामुहिक पुजाका लागि श्रद्धालुहरुको उल्लेख्य भीड लागेको थियो ।
प्रतिक्रिया दिनुहोस्