दाङ,३ बैशाख । दाङको राप्ती गाउँपालिका ७ छोड्के सिसहनियामा आगलागीबाट एक जनाको मृत्यु भएको छ ।
मच्छेर धपाउन प्रयोग गरिने धुप बाल्दा सिसहनिया निवासी ८० वर्षीय चिउरखन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । धुपमा
बलेको आगो सुतिरहेको खाटको कपडामा सल्किएर आगलागी हुँदा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार राती करिब ९ बजेतिर आगलागी हुँदा चौधरीको घट्ना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहले बताउनुभयो । आगलागीवाट घरमा भने कुनै पनि क्षति भएको छैन ।
प्रतिक्रिया दिनुहोस्