ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयोग र न्यायाधीशको संसदीय सुनुवाइ बुधबारदेखि


admin
३ बैशाख २०७६, मंगलबार   ५ : ०२   बजे

काठमाडौं,३ बैशाख । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले दुई संवैधानिक आयोगका पदाधिकारी र सर्वाेच्च अदालतका न्यायाधीशमा सिफारिश हुनुभएका गरी सात जनामाथि बुधबारदेखि सुुनुवाइ गर्ने भएको छ ।

प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलिया, सर्वोच्च अदालतका न्यायाधीशमा प्रकाश ढुङ्गाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र डा मनोजकुमार शर्मा तथा समावेशी आयोगका सदस्यमा विष्णुमाया ओझाको सो पदका लागि सिफारिश भएको छ ।

समितिका सभापति लक्ष्मणलाल कर्णको अध्यक्षतामा आज बसेको बैठकले सोका लागि ती तीनै पद तथा प्रक्रियामाथि परेका उजुरीमाथि बिहान ११ बजेदेखि सुनुवाइ शुरु गर्ने र सबै उजुरीकर्तालाई समितिको बैठकसमक्ष बोलाउने निर्णय गरेको छ ।

बुधबार अपराह्न २ बजेसम्म उजुरीकर्ताको कुरा सुन्ने र २ बजेपछि प्रमुख निर्वाचन आयुक्तमा सिफारिस हुनुभएका नेपाल सरकारका सचिव थपलिया र समावेशी आयोग सदस्यमा सिफारिस हुनुभएका मकवानपुरका अधिकारकर्मी ओझासितका उजुरीमाथिका कुुरा सुन्ने जानकारी दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस हुनुभएका सङ्खुवासभाका थपलियामाथि छ र पाँच न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएका न्यायाधीशमाथि व्यक्तिगत र प्रक्रियागत गरी पाँच उजुरी समितिमा परेको बताइएको छ । समितिले समावेशी आयोग सदस्यमा सिफारिस गरिनुभएका अधिकारकर्मी ओझामाथि भने उजुरी परे नपरेको केही जनाएको छैन ।

प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा गत चैत १९ गते बसेको परिषद्को बैठकले सर्वोच्च अदालतका लागि उच्च अदालत पाटनका मुख्य न्यायाधीश ढुङ्गाना, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश माथेमा, मोरङका कानून व्यवसायी तथा पूर्व महान्यायाधिवक्ता फुयाँल, काठमाडौँका वरिष्ठ अधिवक्ता रेग्मी र अधिवक्ता डा मनोजकुमार शर्माको नाम सिफारिस गरेको थियो ।

सर्वोच्च अदालतमा पाँच न्यायाधीशको पद रिक्त छ । यसैगरी संवैधानिक परिषद्को चैत ११ गते बसेको बैठकले रिक्त प्रमुख निर्वाचन आयुक्तमा सचिव थपलियालाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

सोही बैठकले समावेशी आयोगका सदस्यमा ओझालाई पनि सिफारिस गरेको थियो । थपलिया सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुनुहुन्छ । यसअघिका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र सदस्य इला शर्मा सेवानिवृत्त हुनुभएको थियो । निर्वाचन आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्त गरी पाँच जना सदस्य रहन्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group