धनकुटा,४ बैशाख । वर्षासँगै परेको चट्याङ लागेर धनकुटामा एक जनाको मृत्यु भएको छ । मंगलबार राती करिब साँढे १२ बजे चट्याङ लाग्दा साँगुरीगढी गाउँपालिका–५ निगालेका ३४ बर्षीय लालमान तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मोबाईल चार्जमा राखेर सुतेका तामाङको वर्षासँगै परेको चट्याङ लागेर गंभीर घाईते भएका थिए । उनलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको भएपनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्