ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षा र स्वास्थ्यको व्यवस्था गरिदिन सरकारसँग अभिनेत्री कोइरालाको आग्रह


admin
५ बैशाख २०७६, बिहिबार   ६ : ०२   बजे

काठमाडौं,५बैशाख । चर्चित भारतीय अभिनेत्री मनिषा कोइरालाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार क्षेत्रमा जनतालाई शिक्षा र स्वास्थ्य सेवाको उचित व्यवस्था गरिदिन सरकारसँग आग्रह गर्नु भएको छ ।

सगरमाथा बेस क्याम्पको ट्रेकिङ सम्पन्न गरी काठमाडौं आई पुग्नु भएकी उहाँले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शिक्षा र स्वास्थ्य सेवाबाट बञ्चित त्यस क्षेत्रका बासिन्दाका लागि आवश्यक व्यवस्था गरिदिन सरकारलाई आग्रह गर्नु भएको हो ।

अभिनेत्री कोइरालाले सगरमाथा बेस क्याम्पको टे«किङको क्रममा स्थानीय बासिन्दाबाट आफूले ठूलो सहयोग पाएको पनि स्मरण गर्नु भयो । तर सगरमाथा जानेहरुलाई जति सहयोग गरे पनि उनीहरुले भने स्वास्थ्य सेवा पाउने अवस्था समेत नभएकोमा आफूलाई दुःख लागेको अभिनेत्री कोइरालाको भनाई छ ।

अभिनेत्री कोइराला दुई जना भारतीय साथीहरुका साथ सगरमाथाको बेस क्याम्प ट्रेकिङमा जानु भएको थियो । बच्चा देखी नै सगरमाथा हेर्छु भन्ने सपना पुरा भएको काईरालाले बताउनु भएको छ । उहाँले जति पनि सगरमाथा आरोहका लागी गएका व्यतिm सबै विदेश मात्र रहेको र नेपाली नभएको बताउनु भयो ।

क्यान्सरबाट मुक्त हुनुभएका चर्चित नायिका कोइरालाले सगरमाथा पदयात्राले शरीर मात्रै नभएर मन पनि फुर्तिलो बनाउने अनुभव आफुले गर्दै आएको बताउनु भयो ।

नेपालको यस्तो सुन्दर क्षेत्रमा घुमेर र स्थानीय मानिसहरु संग घुलमिल गर्न पाएकोमा एकदमै खुशी भएको बताउनु भएको छ । मनिषाले सबैलाई सगरमाथा क्षेत्रमा जानको लागि प्रेरित गर्ने अठोट लिएको पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीले बगाएको सेफ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu