ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धुलो र धुवाँले सस्थानीय बासिन्दा आक्रोशित


एबीसी न्यूज
६ बैशाख २०७६, शुक्रबार   २ : २२   बजे


कैलाली, ६ वैशाख । धनगढीमा निर्माणाधीन मोहना–अत्तरिया छ लेन सडकमा फैलिने धुलो र धुवाँले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि सडक आसपासका बासिन्दा आक्रोेशित भएका छन् । सडकबाट उडेको धुलोले छेउछाउका पसल र घरमा बस्नै कठिन भएकाले धनगढी उपमहानगरपालिका–२, ३, १३ लगायतका बासिन्दा वडाका स्थानीयवासी आक्रोेशित भएका हुन् । हिजोआज धनगढीमा गर्मी बढेसँगै दिउँसो र साँझपख चल्ने हावाहुरी र सडकमा सवारी गुड्दा उड्ने धुवाँधुलोले उनीहरूलाई झन हैरान बनाएको छ ।

निर्माण कम्पनी र सडक डिभिजन कार्यालयको उदासीनताका कारण सडकमा उडेको धुलोले स्वास्थ्यमा प्रतिकूल असर पर्नाका साथै पसलमा राखिएका सामानसमेत बिग्रिएर ग्राहक पसलमा नआउने गरेको उपमहानगरपालिका–२ का साइकल व्यापारी गणेशप्रसाद भट्टको गुनासो थियो । उहाँले भन्नुभयो, “सडकको धुलोले स्वस्थ व्यक्ति पनि बिरामी भएको छ, धुलोले श्वासप्रश्वासमा समस्या भएकाले म स्वयम् पनि मेडिकल धाइरहेको छु ।” निर्माण कम्पनीले सडकमा दैनिक तीन पटकसम्म पानी हाल्ने सहमति जनाए पनि अटेरी गरेको सर्वसाधारणको आरोप छ तर निर्माण कम्पनीले भने सहमति कार्यान्वयनमा रहेको जनाएको छ ।

निर्माण कार्य शुरु भएको लामो समय बितिसक्दा पनि हालसम्म थोरै मात्र काम भएको गुनासो गर्दै सो उमहानगरपालिका–१३ का व्यापारी चुन्नुराम चौधरीले भन्नुभयो, “नेपालको कानून दैवले जानून्जस्तै भएको छ अझैसम्म समयमै काम नसिध्याउने र लापरवाही गर्ने ठेकेदार र निर्माण कम्पनीलाई कार्वाहीको दायरामा ल्याइएको छैन ।” सडकमा धुलो धुवाँका कारण वारिको मान्छे पारि र पारिको मान्छे वारि नदेखिने अवस्था छ । निर्माणाधीन मोहना–अत्तरिया छ लेन सडक निर्माणको सम्झौता अवधि सकिन करीब एक महीना मात्रै बाँकी रहँदा निर्माणको काम भने केही मात्र भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group