ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार र निजी क्षेत्रबीच समन्वय गनुपर्ने आवश्यकता– मुख्यमन्त्री पौडेल


एबीसी न्यूज
६ बैशाख २०७६, शुक्रबार   ५ : ५७   बजे


चितवन, ६ वैशाख । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीनै तहका सरकार र निजी क्षेत्र समन्वय गरेर अघि बढे मात्र विकासका कामले तिव्रता पाउने धारणा व्यक्त गर्नुभएको छ ।

नेपाल नेत्रज्योति सङ्घ प्रदेश नं ३ ले आज यहाँ आयोजना गरेको प्रादेशिक गोष्ठी तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले विकासका काममा तीनै तहका सरकारबीच समन्वयको खाँचो छ भन्नुभयो । उहाँले भन्नुभयो, “हाम्रा सरकार–सरकारबीचमा सहकार्य छैन, तीन तहले आ–आफ्नै ढङ्गले काम गरिरहेका छन् ।” सरकारबीचको समन्वयसँगै निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

अर्काे एक प्रसङ्गमा उहाँले प्रदेशको राजधानी किमार्थ काठमाडौँं लैजान नसकिने बताउनुभयो । विकेन्द्रीकृत शासन व्यवस्था हुनुपर्ने भन्दै उहाँले जहाँ विकास भएको छैन त्यहाँ बढी जोड दिनुपर्ने बताउनुभयो । नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय अध्यक्ष प्रा डा तीर्थप्रसाद मिश्रले नेपालको अन्धोपन निवारण गर्न नेपाली सक्षम छन् भनेर देखाउन सङ्घ सफल भएको दावी गर्नुभयो ।

उहाँले सङ्घलाई अनुदान होइन, काम दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले अनुदान दिए हामी अल्छी हुन्छौं । काम र पारिश्रमिक दिन अनुरोध गर्छु ।” सङ्घको प्रदेश नं ३ का संयोजक चिजकुमार मास्केले आँखा उपचारको विस्तारका लागि प्रादेशिक रुपमा सङ्घ लागिपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group