ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हामी जित्छौं भनेको नेपाली जनताले जित्छ भनेको हो, त्यो जित भएको छ– प्रधानमन्त्री ओली


एबीसी न्यूज
१० बैशाख २०७६, मंगलबार   ७ : ४६   बजे


कविराज विसी,
काठमाडौं, १० वैशाख । नेकपा एमाले र माओवादीबीच निर्वाचनका सँघारमा तालमेल र पार्टी एकतासम्मको घोषणा भयो । यी दुई वटा पार्टी एक हुनुले राजनीतिक दृष्टिकोणले अन्तराष्टि जगतमा निकै राम्रो शन्देश समेत दिएको छ ।

आजको राजनीतिमा जुन समस्या छ त्यस हिसाबले एकता आवश्यक थियो । त्यसैले फुटले नोक्सान र एकताले बल पुर्याउँछ । एकताले मात्रै प्रतिगामी शक्तिलाई कमजोर बनाउन मद्दत पुग्छ । राष्ट्रवादी शक्तिहरूलाई एकठाउँमा ल्याउन मद्दत पुग्छ । त्यसै अनुरुप निकै लामो संघर्ष पछि आज कम्युनिष्ट पार्टीको स्थापनाको अवशर पारे नेकपाले पार्टी एकताको सम्पुर्ण कार्य सकाएका छन् ।

तत्कालीन एमाले र माओवादीबीच २०७५ जेठ ३ जेठमा पार्टी एकीकरण भएको थियो । एकीकरण सभामा शीर्ष नेताले तीन महिनाभित्रमा पार्टी एकता टुंगो लगाउने उद्घोष गरेका थिए । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकीकरणका समयमा घोषणा गरे अनुसार पहल थाल्न नसक्दा एकता प्रक्रियाले अन्तिम रूप लिन नसकेको आमकार्यकर्ताको गुनासो रहेको थियो । तर नेपाल कम्यनिष्ट पार्टीको ७०औं स्थापना दिवसको अवसरमा पारेर पार्टीको जिल्ला तहको नेतृत्व घोषणा सभामा बोल्दै पार्टीका एक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनमा हिडेकाहरुको जितको सपना हासिल भएको बताए । जिल्ला पदाधिकारी चयनका सकस पार लगाएपछिको पहिलो खुल्ला कार्यक्रममा ओलीले ‘एक दिन हामी जित्नेछौं’ भन्ने गीत गाउंदै भने, हामी जित्छौं भनेको नेपाली जनताले जित्छ भनेको हो । त्यो जित भएको छ ।’

प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टीको सरकार हरेक दिन एक कदम अगाडि बढेको बताए । भ्रष्टाचारको सम्बन्धमा कुनै सम्झौता नगर्ने बताउदै उनले भवितव्यले पार्टी एकता नभएको प्रष्ट पारे । उनले ठूलो छलाङको आँट गरेको भन्दै अर्का अध्यक्ष प्रचण्डलाई यस कार्यमा निकै चुनौतिका साथ यहा सम्म आईपुगेको उनले धन्यवाद समेत दिए ।

चुनावी तालमेल पार्टी एकतामा परिणत हुँदै देशमा पहिलो पटक दुई तिहाइ बहुमत प्राप्त कम्युनिष्ट सरकार बनेको छ । यो एकता दुई दलको एकता मात्र नभई नेपालमा रहेका सत्तरी प्रतिशत नेपाली जनताको मन, भावना र विचारको एकता हो । स्थानीय तहको निवार्चनमा एक आपसमा रस्सा–कस्सी गरेका दुई प्रमुख प्रतिष्पर्धी दल एकाएक संघ र प्रदेशको निवार्चनमा चुनावी सहकार्य गर्ने र पार्टी एकतासम्म पुग्ने कुरा त्यति सहज थिएन ।

तर, त्यो तालमेल सफल मात्र भएन पार्टी एकताका लागि बलियो जग समेत बन्यो । धेरैले धेरै प्रकारका नकारात्मक अड्कल काटेका थिए । संघ–प्रदेशको चुनावी सफलताले सबै नकारात्मक अड्कलवाजीको जवाफ सकारात्मक परिणाममा परिणत भयोे । विहानीले दिनको संकेत गरे झै दुई पार्टीको चुनावी एकताले पार्टी एकताको आधार निमार्ण गर्ने काम गर्यो । परिणामस्वरुप नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एक भएर पार्टीको तल्लो तहसम्म एकताको सकारात्मक सन्देश दिन सफल भएका बताउंछन् अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।

नेकपाको भावी जीवनका लागि सबैभन्दा महत्पूर्ण पक्ष भनेकै सांगठानिक व्यवस्थापन हो । तत्काल निमार्ण हुने सबै तहका संगठनहरु संक्रमणकालिन भएपनि यी संगठनको व्यवस्थापन र परिचालनले नै नेकपाको भविष्य निर्धारण हुनेछ । झण्डै संघ र प्रदेश सभाको चुनावपछि निस्क्रिय रहेका सबै संगठनहरु अब छिटै सक्रिय हुने दौरानमा छन् । सांगठानिक जिम्मेवारी पाउन, लिन र दिन सबै कार्यकर्ताको प्रतिक्षाको घडि सकिएको छ । निकै चुनौतीकाबीच केही ढिलाई भएपनि जनता सामु गरेको वाचा पुरा गरेको र अव नेपालमा साँस्कृतिक आन्दोलन बांकी रहेको बताए ।

अध्यक्ष प्रचण्डले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपालाई आशंका गर्ने दिन सकिएको बताए । विश्वभर कम्यु्निष्ट पार्टी रक्षात्मक अवस्थामा रहेका बेला नेपालमा भने आफूहरु बलियो ढंगले अघि बढेको प्रचण्डले दाबी गरे । नेपालमा कम्युनिष्ट आन्दोलनले आक्रामक मोर्चाको रुपधारण गरेको भन्दै उनले सामाजिक न्यायसहितको समाजवादतर्फ हामी अघि बढिरहेको बताए ।

प्रचण्डले कम्युनिष्टलाई असफल पार्न अहिले पनि नेपाल नेकपाको कार्यकर्ता पंक्तिमा देखिएको उत्साह मात्र पार्टी निर्माणका निम्ति नभई समग्र मुलुकको निर्माणका निम्ति पनि महत्पूर्ण छ । अब यो एकताको स्प्रीटलाई नेतृत्वले सही ढंगले संस्लेषण गर्दै जनस्तरसम्म पुर्याउनसक्यो भने मात्र नेकपाको भविष्य सुरक्षित हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group