काठमाडौ, ११ बैशाख । बालुवाटारस्थित सभामुखको सरकारी निवास नजिकै आगलागी भएको छ । बुधबार बिहान विजुलीको पोलमा तार सर्ट भएर आगो लागेको हो ।
पोलमा एक्कासी आगो लागेपछि दमकल, स्थानीय र प्रहरीले केहीबेरमै आगो निभाएका थिए । आगो समयमै नियन्त्रणमा लिएको कारण क्षति नभएको प्रहरीले जनाएको छ ।
आगलागी भएपनि सभामुख कृष्णबहादुर महाराको निवासमा कुनै क्षती नभएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्