बर्दिया, १५ बैशाख । बाँसगढी नगरपालिका ७ गौरीपारा बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना किशोर पक्राउ परेका छन ।
नगरपालिका-१ संघापुर बस्ने २० वर्षीय उनिस यादवलाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको हो ।
ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले यादवलाई पक्राउ गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्