काठमाडौं, १५ बैशाख । एबीसी टेलिभिजनका अध्यक्ष शुभशंकर कँडेल र बाह्रौ चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्स सीसीपीपीसीका सदस्य आई पिङबीच भेटवार्ताभएको छ ।
चीनको बेइजिङमा आज भएको साइडलाई भेटवार्तामा दुई मुलुकबीचको जनस्तरको सम्बन्धलाई थप मजबुद बनाउने विषयमा छलफल भएको छ । नेपाल मिडिया सोसाइटीका अध्यक्ष समेत रहनुभएका कँडेलले दुई मुलुकबीचको सम्बन्धलाई स्थापित बनाउन नेपाली मिडियाले खेलेको मैत्रिपूर्ण भूमिकाबारे आई पिङलाई जानकारी गराउनुभएको थियो ।
त्यसअवसरमा अध्यक्ष कँडेलले आफुद्वारा लिखित द सेफ ल्याण्डिङ पुस्तक उपहारस्वरुप पिङलाई दिनुभएको थियो । आई पिङ चाइनिज एसोसिएसन फर इन्टरनेशनल अन्डरस्टयान्डिङका उपाध्यक्ष समेत हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्