ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राइभेट परीक्षा दिने विद्यार्थी बढे


एबीसी न्यूज
१६ बैशाख २०७६, सोमबार   ४ : ४३   बजे


काठमाडौं,१६ बैशाख । त्रिभुवन विश्वविद्याल को बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका)मा आज बिहान ९ बजेदेखि नै विद्यार्थी लामवद्ध रहेका थिए । स्नातकोत्तर तह र स्नातक तह तर्फ वार्षिक प्रणाली अन्तर्गत प्राइभेट परीक्षा दिन विद्यार्थीको बिहानदेखि फाराम भर्न भीड देखिन्थ्यो ।

प्राइभेट तर्फको परीक्षा यो वर्ष अन्तिम हुने हो कि भनेर विद्यार्थी बिहानैदेखि फाराम भर्नका लागि लामवद्ध भएका थिए । विद्यार्थीको भीडका कारण शुल्क बुझाउनका लागि पनिकाभित्र नै चार ठाउँ तोकिएका । तर शुल्क बुझाउनेमा भीड भएपछि विद्यार्थी नेपाल बैंक लिमिटेड र ग्लोबल आइएमइको कुलेश्वर र त्रिवि गेटमा काउण्टरमा समेत पुगेका थिए । सेमेष्टर प्रणाली महङ्गो भएकाले विद्यार्थी अहिले प्राइभेट परीक्षातर्फ आकर्षित भएका हुन् ।

गतवर्ष नै त्रिविले प्राइभेट परीक्षा खुलाउँदा अन्तिम परीक्षा हुने भनेर सूचना प्रकाशित गरेकोमा सेमेष्टर प्रणालीको दुरशिक्षाको कार्यविधि नबनेकाले यसवर्ष पनि प्राइभेटतर्फको परीक्षाको फाराम खुलाइएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । त्रिविले सूचना प्रकाशित गरी चैत १७ देखि वैशाख १६ गतेसम्म फाराम भर्ने सयमसीमा तोकेको थियो । परीक्षा नियन्त्रक जोशीले गतवर्ष नौ हजार परीक्षार्थी भएकोमा यसवर्ष करीब २० हजार पुग्ने जानकारी गराउनुभयो । हिजो आइतबारमा मात्र परीक्षा नियन्त्रण कार्यालय बल्खुमा चार हजार पाँच सय विद्यार्थीले फाराम भरेका थिए । त्रिविले परीक्षा नियन्त्रक कार्यालयका क्षेत्रीय कार्यालय पोखरा, विराटनगर, नेपालगञ्ज र अत्तरियाबाट परीक्षा फाराम भर्ने व्यवस्था गरेको छ । ‘‘हामीले गतवर्ष कार्यविधि बनाउन सकैनौं ।

प्राइभेट परीक्षालाई नरोकांै भन्ने त्रिविको निर्णयले यसवर्ष पनि प्राइभेटको लागि फाराम खुलाएका हौं’’ परीक्षा नियन्त्रक जोशीले भन्नुभयो,‘‘यो वर्ष अन्तिम परीक्षा हो कि भनेर धेरै विद्यार्थीेको फाराम भर्ने भीड लागेको छ । कार्यविधि बनाएपछि हामीले वार्षिक प्राइभेट परीक्षालाई बन्द गरी सेमेष्टर अन्तर्गतको प्राइभेट परीक्षा लिन्छौ ।’’सेमेष्टर प्रणाली अन्तर्गतको प्राइभेट परीक्षामा विद्यार्थी क्याम्पस नै भर्ना नभएर परीक्षा दिन पाउने छन् । ‘‘प्राइभेट सेमेष्टरमा विद्यार्थी क्याम्पसमा भर्ना हुनुपर्दैन’’ उहाँले भन्नुभयो, ‘‘विद्यार्थीलाई अनलाइनबाट नै कार्यादेश (असाइमेन्ट) गर्न लगाइन्छ र अनलाइनबाट नै असाइमेन्ट पूरा गरेर छ÷छमहीनाको सेमेष्टर परीक्षा दिन पाउनेछ ।’’ सेमेष्टर प्रणाली शुरु भएपछि त्रिविमा प्राइभेट परीक्षा दिनेको सङ्ख्यामा वृद्धि भएको उहाँले बताउनुभयो । स्नातकोत्तर तहका लागि एक हजार ३०० र स्नातक तहका लागि रु एक हजार शुल्क तिरे परीक्षा दिन पाइने भएकाले विद्यार्थीको आकर्षण अहिले प्राइभेटतिर भएको हो । उहाँका अनुसार गतवर्ष भन्दा दोब्बर यसवर्ष स्नातकोत्तर तहमा मात्र परीक्षार्थीले फाराम भरेका छन् ।

तकोत्तर तहमा जनप्रशासन र राजनीतिक शास्त्रमा प्राइभेट परीक्षा दिन पाइने व्यवस्था रहेको छ । यस्तै स्नातक तहमा प्रयोगात्मक विषय बाहेक सबै विषयमा प्राइभेट दिन पाइने छ । प्राइभेट परीक्षाका लागि क्याम्पसमा भर्ना हुनुनपर्ने र शुल्क पनि धेरै नलाग्ने भएकाले विद्यार्थीको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu