ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला र पुरुष संविधानमा समान, ज्यालामा चरम विभेद


एबीसी न्यूज
१६ बैशाख २०७६, सोमबार   ५ : ०८   बजे

काठमाडौँ, १६ वैशाख । नेपालको संविधानले महिला र पुरुषलाई समान हैसियत प्रदान गरेको छ । जनसङ्ख्याका आधारमा हेर्ने हो भने पनि पुरुषको तुलनामा महिलाको सङ्ख्या नै बढी रहेको छ । तर तलब तथा ज्यालामा भने महिला र पुरुषको बीचमा ठूलो खाडल रहेको पाइएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको ‘ नेपाल श्रमशक्ति सर्वेक्षण, २०७४÷७५ को नतिजामा’ उल्लेख गरिएअनुसार महिला र पुरुषबीचको ज्यालामा असमानता रहेको पाइएको हो । रोजगारमा रहेका र तलब ज्याला प्राप्त गर्नेको औसत मासिक आम्दानी रु १७ हजार ८०९ रहेको छ । औसतमा उक्त परिमाणको तलब तथा ज्याला भए पनि पुरुषको औसत आम्दानी रु १९ हजार ४६४ रहेको छ । यस्तै महिलाको भने मासिक औसत आम्दानी रु १३ हजार ६३० रहेको छ । सो तथ्याङ्क अनुसार नेपाली महिलाले पुरुषको तुलनामा रु पाँच हजार ८३४ अर्थात ३० प्रतिशत कम ज्याला पाउने गरेका छन् ।

संविधानले महिला र पुरुष बराबर ठानेपनि व्यवहारमा भने त्यस्तो नदेखिएको विभागको उक्त अध्ययनले देखाएको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार कूल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ मध्ये पुरुष एक करोड २८ लाख ४९ हजार ४१ र महिला एक करोड ३६ लाख ४५ हजार ४६३ रहेका छन् । जनसङ्ख्यामा पनि महिला नै बढी भए पनि रोजगारी र तलबको क्षेत्रमा भने पुरुषको प्रभुत्व रहेको उक्त विवरणले स्पष्ट पारेको छ । प्रामाणिक औद्योगिक वर्गीकरणअनुसार रोजगारीको वितरण प्रमुख पाँच क्षेत्रमा समेटिएको छ ।

सबैभन्दा बढी व्यक्ति कृषि, वन र माछापालन, थोक तथा खुद्रा बिक्री, मोटरगाडी तथा मोटरसाइकलको मर्मत सम्भार, उद्योग, निर्माण र शिक्षामा रोजगारी केन्द्रित रहेको छ । विशेषगरी कृषि क्षेत्रमा महिलाको उपस्थिति बढिरहेको समेत उक्त विवरणमा समावेश छ । यस्तै श्रमको अल्पउपयोगमा समेत पुरुषको तुलनामा महिलाको मात्रा नै बढी रहेको छ । कूल ३२ प्रतिशत पुरुष श्रमको अल्पउपयोगमा रहँदा महिलाको भने ४८ दशमलव ८ प्रतिशत रहेको छ । प्रतिवेदनअनुसार नेपालको बेरोजगारी दर ११ दशमलव ४ प्रतिशत रहेको छ । त्यसमा पनि पुरुषको तुलनामा महिलामा बेरोजगारीको दर बढी छ ।

पुरुष र महिलाको बेरोजगारी दर क्रमशः १० दशमलव ३ र १३ दशमलव १ प्रतिशत छ । यसैगरी क्षेत्रगत रुपमा हेर्दा शहरमा नै बेरोजगारीको मात्रा बढी रहेको छ । शहरी क्षेत्रमा ११ दशमलव ६ प्रतिशत र ग्रामीण क्षेत्रमा १० दशमलव ९ प्रतिशत बेरोजगार रहेका छन् । मुख्य काम गर्ने समय एक साताको औसत ४४ घण्टामध्ये पुरुषको ४८ घण्टा र महिलाको ३९ घण्टा रहेको छ । अर्थतन्त्रलाई आधार मानेर औपचारिक र अनौपचारिक क्षेत्रमा विभाजन गर्दा ३७ दशमलव ८ प्रतिशत क्रियाकलाप औपचारिक र ६२ दशमलव २ प्रतिशत अनौपचारिक क्षेत्रमा रहेको पाइएको छ ।

प्रतिवेदन अनुसार १५ वर्ष वा सोभन्दा बढी उमेर समूहका दुई करोड सात लाख ४४ हजारमध्ये ७० लाख ८६ हजार जनसङ्ख्या कुनै न कुनै रोजगारीका क्षेत्रमा रहेको पाइएको छ । त्यसमा ४४ लाख ४६ हजार पुरुष रोजगारीमा रहँदा २६ लाख ४० हजार महिला मात्रै रोजगारीमा छन् । यसैगरी कम उच्च तहका प्रबन्धकमा कूल एक दशमलव दुई प्रतिशत मात्रै रोजगारी प्राप्त हुने गरेको छ । त्यसमा पनि महिला र पुरुषको बीचमा ठूलो खाडल रहेको छ । कूल ८६ दशमलव ८ प्रतिशत पुरुष प्रबन्धक रहँदा मात्रै १३ दशमलव २ प्रतिशत महिला प्रबन्धकको तहमा रहेको पाइएको छ ।

छिमेकीमुलुक भारतमा उच्च व्यवस्थापनमा एक महिला अनिवार्य गरिएको भए पनि त्यस्तो प्रावधान नेपालमा भने लागू हुनसकेको छैन । संविधानले हरेक निकायलाई ३३ प्रतिशत महिला अनिवार्य गरेको भए पनि नेपालमा हालसम्म सोही संवैधानिक व्यवस्था समेत कार्यान्वयन हुन सकेको छैन ।
(रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीले बगाएको सेफ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu