ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकता ढिलाइले पार्टीलाई घाटा : भीम रावल


admin
१८ बैशाख २०७६, बुधबार   ११ : २१   बजे

काठमाडौ,१८ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले पार्टीको स्थानीय कमिटी एकता ढिलाइले ठूलो घाटा भएको बताउनुभएको छ ।

मङ्गलबार गृहजिल्ला अछाममा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रावलले एकीकरणको काम लामो समयसम्म नटुङ्गिँदा तत्काल ठूलो असर नदेखिए पनि पार्टीको आन्तरिक जीवनमा ठूलो घाटा भएको बताउनुभएको हो ।

कार्यकर्ता भेलामा नेता रावलले आफू हिँडेको पाइला सम्झनैपर्ने भन्दै कम्युनिस्ट पार्टीको विगतदेखिका घोषणापत्र र चुनावी घोषणापत्र हेरेर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो । कम्युनिस्ट पार्टीको महानतालाई स्थापित गर्न नेकपाका कार्यकर्ता खरोरूपमा उत्रिनुपर्ने रावलको भनाइ थियो ।

छ प्रदेश र सङ्घीय सरकारमा झन्डै दुईतिहाइको सरकार नेकपाका लागि कम्तीको अवसर नभएको रावलको भनाइ छ । नेकपाले नेतृत्व गरेका सबै तहका सरकारले जनताको सुख र समृद्धिका लागि तदअनुरुपका कार्यक्रम अगाडि सारिरहेको नेता रावलले बताउनुभयो । राष्ट्रियताका सवालमा, नेपाल र नेपालीको स्वाभिमानका सन्दर्भमा सबै नेता कार्यकर्ता जिम्मेवार बन्न आग्रहसमेत गर्नुभयो ।

आफुले राष्ट्रहित र राष्ट्रियताका विषयमा बोल्दा आम नेपाली जनताको साथ र सर्मथन पाएको भन्दै तथ्यविना आफूले कुनै पनि कुरा नगर्ने भएकाले राष्ट्रहितका सन्दर्भमा बोल्न नछाड्ने जिकिर गर्नुभयो । कार्यकर्ता भेलामा पार्टीका प्रदेश कमिटी सदस्यले पनि समसामयिक मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीले बगाएको सेफ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu