दाङ,२० बैशाख । दाङमा दुई बिद्यार्थीको कुटाईबाट एक मजदुर गम्भीर घाईते भएका छन् । दाङको चौघेरामा रहेको गोरक्ष रतन्नाथ माविको बिद्यालय भवन निर्माण गरिरहेका सोही ठाउ निवासी २६ बर्षीय सुमन चौधरी गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
शुक्रबार बिहान पौने ११ बजेतिर उक्त बिद्यालयमा अध्ययनरत १६ बर्षीय शुसिल चौधरी र आशिष चौधरीले लाठि प्रहार गर्दा गम्भीर घाईते भएका चौधरीको थप उपचारका लागि भैरहवा लगिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहले बताए ।
आपसी बिवादका क्रममा लाठी प्रहार गर्दा चौधरीको टाउको र नाकमा गम्भीर चोट लागेको प्रहरीले बताएको छ । कक्षा १० मा अध्ययनरत ति दुबै बिद्यार्थी फरार रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्