ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्यमन्त्री यादवले गरे प्रसूति सेवा गृहको शिलान्यास


admin
२० बैशाख २०७६, शुक्रबार   ४ : ३९   बजे

काठमाडौं,२० बैशाख । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले कोशी अस्पताललाई विशिष्ट सेवा प्रदान गर्ने अस्पतालको रुपमा विकास गर्न लागिएको बताउनुभएको छ ।

कोशी अस्पताल विराटनगरको परिसरमा प्रसूति सेवा गृहको शिलान्यास गर्दै उहाँले अस्पतालमा नयाँ उपकरण र दक्ष जनशक्तिको व्यवस्थापन गर्न सरकारले योजना बनाइरहेको बताउनुभएको छ ।

उपप्रधानमन्त्री यादवले मेडिकल कलेज र सरकारी अस्पतालबाट आमनागरिकले सस्तो र प्रभावकारी स्वास्थ्य सेवा पाएको उल्लेख गर्दै नयाँ स्वास्थ्य नीतिमा सरकारी अस्पतालको सेवाको गुणस्तरमा जोड दिइने बताउनुभयो ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले पूर्व क्षेत्रको विराटनगर अहिले स्वास्थ्य केन्द्रको रुपमा विकसित भइरहेको बताउँदै कोशी अस्पतालले भोगेका समस्याको समाधान गर्नुपर्ने धारणा राख्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या सचिव डा पुष्पा चौधरीले पुरानो संरचनाका कारण अत्यधिक भीड हुने कोशी अस्पताललाई समय सापेक्ष बनाउनुपर्छ भन्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नेपालमा दातृ निकायबाट प्राप्त हुने सहयोग समयमै सदुपयोग हुने वातावरण बन्नुपर्ने उल्लेख गर्नुभयो । कोशी अस्पतालका प्रमुख डा रोशन पोखरेलले पुरानो संरचना, अत्यधिक भीड र जनशक्तिको अभावमा पनि कोशी अस्पताल जनताका सेवामा समर्पित रहेको चर्चा गर्नुभयो ।

अमेरिकी सेनाका प्रतिनिधि जी हेरीले अमेरिकी सेनाको सहयोगमा बन्ने प्रसूति गृहले जनतालाई स्वास्थ्य सेवामा पहुँच पुग्ने विश्वास व्यक्त गर्नुभयो । एक वर्षको अवधिमा अमेरिकी सेनाको रु १२ करोड लागतमा १०० श्ययाको सो प्रसूति गृह निर्माण हुन लागेको कार्यक्रममा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group