ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषि प्रदर्शनी मेलाको अध्यक्ष प्रचण्डद्वारा उद्घाटन


एबीसी न्यूज
५ जेष्ठ २०७६, आइतबार   ६ : ४९   बजे


काठमाडौं, ५ जेठ ।   नुवाकोटको ककनी गाउँपालिकाको रानीपौवा बजारमा शनिबारदेखि ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला’ शुरु भएको छ ।

पाँच दिनसम्म चल्ने मेलाको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो । विद्युतीय उपकरणमार्फत मकै छोडाएर मेलाको उद्घाटन गर्दै दाहालले मुलुकलाई समृद्धिको मुख्य आधार कृषि भएकाले यसलाई आकर्षक पेशाका रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।

“कृषिलाई राजनीतिमा जोडेर समाज रुपान्तरणका लागि किसानको नेता बोगटीको सपना पूरा गर्नका लागि मेला सान्दर्भिक बनेको छ”, उहाँले भन्नुभयो, “विकास, समृद्धि र रोजगारका लागि कृषि मुख्य आधार भएकाले यसको व्यवसायीकरण र आधुनिकीकरणमा सरकारले प्रमुख प्रथामिकता दिनुपर्दछ ।” अहिले पनि बहुसङ्ख्यक नागरिक कृषि पेशामा आबद्ध भएका छन् तर वार्षिक अर्बौं रुपैयाँ खर्चिएर आयात भइरहेको कृषि सामग्री र उपकरण हटाउन सरकारले अनुदान, बजारीकरण र कृषि पेशालाई सम्मानित बनाउनुपर्ने उहाँको भनाइ छ ।

मेलामा नेकपाका नेता पम्फा भुसाल, प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा, प्रदेससभा सदस्य केशवराज पाण्डे, बद्रीप्रसाद मैनाली, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतलगायतका वक्ताले दिवङ्गत नेता बोगटीले कृषकको अधिकार स्थापना र रानीतिमा किसानको सहभागितामार्फत पुर्‍याएको योगदानको स्मरण गर्नुभयो । मेलाको अवलोकन गर्न पहिलो दिन आज पूर्वमन्त्री जनार्दन शर्मा, अग्निप्रसाद सापकोटा, प्रदेश नं ३ का उपसभामुख राधिका तामाङलगायतका जनप्रतिनिधि ककनीको रानीपौवा आउनुभयो ।

शनिवारदेखि शुरु भएर पाँच दिनसम्म चल्ने मेलामा ९० वटा कक्ष राखिएका छन् । स्थानीय कृषि उत्पादन, कृषि सामग्री र कृषि परामर्श केन्द्रका लागि निःशुल्क कक्ष उपलब्ध गराइएको छ भने बाँकीलाई व्यावसायिक प्रयोजनका लागि उपलब्ध गराइएको छ । मेलामा नुवाकोटका १२ वटै स्थानीयतहको पहिचान झल्कने कृषि तथा वन पैदावरका उत्पादन बिक्री तथा प्रदर्शनीमा राखिएका छन् । मेलामा आकर्षकका रुपमा ट्राउट माछा, स्ट्रबेरी, काफल, शिखरबेंसीको चामल, पिँडालु, आलु, किम्ताङको अर्गानिक चिया, कफी, विभिन्न जातका तरकारी र अन्नबाली रहेका छन् । यसैगरी, पशुचौपायअन्तर्गत बाख्रा, बोयर र जमुनापारी जातका बोका, खसी बिक्री तथा प्रदर्शनीमा राखिएको छ । मेलामा कृषि औजार, यान्त्रिकीकरण, तरकारी एवं फलफूलको बीउ, बिरुवासमेत उपलब्ध छन् । पूर्वमन्त्रीसमेत रहनुभएका तत्कालीन नेकपा (माओवादी)का केन्द्रीय उपाध्यक्ष तथा अखिल नेपाल किसान महासङ्घको केन्द्रीय अध्यक्षसमेत भएर कृषि क्षेत्रमा योगदान पुर्‍याउनुभएका पोष्टबहादुर बोगटीको विसं २०७१ भदौ ३० गते हृदयाघातका कारण निधनको भएको थियो । पार्टीमा निष्ठावान् तथा इमान्दार नेताका रुपमा छवी बनाउनुभएका उहाँले पुर्‍याएको योगदानको जनस्तरसम्म स्थापित गराउन पार्टीले विसं २०७२ असोज २८ गते ‘पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’ गठन गरेको थियो ।

उक्त प्रतिष्ठानको आयोजनामा दिवङ्गत नेता बोगटीको निष्ठा र आदर्शलाई जनस्तरमा पुर्‍याउन र कृषिमार्फत आर्थिकरुपमा मुलुकलाई समृद्धितर्फ लैजानका लागि शनिबारदेखि पाँचदिने कृषि मेला आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष हीतराज पाण्डेले जानकारी दिनुभयो । करीब ५० हजार अवलोकनकर्ताले सहभागिता जनाउने अपेक्षा गरिएको मेलाको सहआयोजक रहेको ककनी गाउँपालिका अध्यक्ष मानबहादुर लामाले बताउनुभयो । उहाँको अनुसार प्रदर्शनी स्थल नुवाकोटका लागि मात्र नभई रसुवा र धादिङका लागि मध्यबिन्दु र काठमाडौँबाट २७ किमी दूरीमा रहेकाले अवलोकनकर्तालाई सहज हुने विश्वास लिइएको छ । मेलामा रु दुई करोड कारोवार हुने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group