ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य उपचार सेवा


एबीसी न्यूज
६ जेष्ठ २०७६, सोमबार   ६ : २९   बजे


काठमाडौं, ६ जेठ । घरदैलोमै स्वास्थ्योपचार सेवा पाउन थालेपछि म्याग्दी रघुगङ्गा गाउँपालिकाका ज्येष्ठ नागरिक दङ्ग परेका छन् । शारिरीक अशक्तताका कारण स्वास्थ्य संस्थामा गएर उपचार गराउन नसक्ने ज्येष्ठ नागरिकलाई लक्षित गरी रघुगङ्गा गाउँपालिकाले घरदैलोमै स्वास्थ्योपचार सेवा शुरु गरेपछि उनीहरु दङ्ग परेका हुन् ।

गाउँपालिकाको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई घर आँगनमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण र आयुर्वेद औषधि वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । आयुर्वेद शाखाका प्रमुख कविराज लक्ष्मण शर्मा चालिसेसहितको टोलीले गाउँपालिकाका वडा नं ५ झीँ, वडा नं ६ पाखापानी, ७ चिमखोला र वडा नं ८ कुइनेमङ्गलेका १५० भन्दाबढीको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेको टोलीका स्वास्थ्य संयोजक चालिसेले जानकारी दिनुभयो । गाउँपालिकाका सबै वडामा यो सुविधा प्रदान गरिने अध्यक्ष भण्डारीले बताउनुभयो ।

वृद्धवृद्धा र अशक्तको सेवाका लागि सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सबै वडामा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गर्ने कार्यक्रम रहेको उहाँको भनाइ छ । ४३ क्षयरोगी भेटिए म्याग्दीमा यो वर्ष ४३ क्षयरोगी फेला परेका छन् । क्षयरोगीको पहिचान गर्ने क्रममा चालू आर्थिक वर्षको वैशाखसम्ममा जिल्लामा ४३ क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । क्षयरोगी पहिचान तथा उपचारका विधिबारे सदरमुकाम बेनीमा आयोजित कार्यक्रममा गत वर्ष ५६ जनाको उपचार गरिएको स्वास्थ्य कार्यालय प्रमुख भीमप्रसाद आचार्यले बताउनुभयो । “नयाँ क्षयरोगी थपिने सम्भावना छ, अधिकांश फोक्सो र घाँटीका रोगी भेटिएका छन्”, उहाँले भन्नुभयो । प्रमुख आचार्यका अनुसार जिल्लाभित्र अझै २४ क्षयरोगी रहेको अनुमान गरिएको छ ।

नियमित औषधि खानुपर्नेमा बीचमा औषधि छोडेर पुनःबल्झिएर उपचारमा आउने गरेको बताउँदै उहाँले जनचेतनामूलक कार्यक्रमलाई समेत प्राथमिकता दिनुपर्ने स्वास्थ्य कार्यालयका सुपरभाइजर मनिष महतोले बताउनुभयो । उहाँले फोक्सो, ग्रन्थी, हड्डीका साथै पेटमा देखिए पनि फोक्सो र घाँटीको क्षयरोगीको सङ्ख्या बढ्न थालेपछि अभियानलाई तीव्रता दिनुपर्ने अवस्था आएको बताउनुभयो । नियमित औषधि र पौष्टिक आहार सेवन गरेमा क्षयरोग निको हुने दाबी उहाँको छ । सामान्य क्षयरोगीले छ महीना औषधि खाए निको हुने स्वास्थ्यकर्मीको भनाइ छ ।

जिल्लामा लुकेका क्षयरोगीको पहिचानका लागि बेनी अस्पताल, मालिका गाउँपालिकाको दरबाङ, धवलागिरि गाउँपालिकाको ताकम, अन्नपूर्ण गाउँपालिकाको शिख र भुरुङ तातोपानीमा खकार परीक्षण केन्द्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी : शनिबार मात्रै ५५० जनाको उद्धार

पाँच प्रदेशमा आज राति भारी वर्षाको सम्भावना, बाढीपहिरोप्रति सतर्क रहन आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu