काठमाडौं, १५ जेठ । सरकारले सांसदहरुलाई ६ करोड रुपैयाँका दरले बजेट दिएको छ ।अहिले ४ करोड रुपैयाँ पाएका सांसदले १० करोड रुपैयाँ सम्म माग गरेका थिए । तर अर्थमन्त्री डाक्टर युवराज खतिवडाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत ६ करोड रुपैयाँ विनियोजन गर्नुभएको छ । यो रकम कार्यविधि बनाएर खर्च गर्न पाउने बजेटमा उल्लेख छ । हरेक सांसदलाई ६ करोडका दरले आउँदो वर्ष ९ अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्