ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऐनले चिकित्सा क्षेत्रमा रहेका विकृति हटाउँछ– मन्त्री पोखरेल


एबीसी न्यूज
२३ जेष्ठ २०७६, बिहिबार   १ : १५   बजे

काठमाडौं,२३ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा ऐन २०७५ ले चिकित्सा शिक्षा र सेवामा रहेको विकृति हटाउने बताउनुभएको छ ।

चिकित्सा शिक्षा आयोगद्वारा यहाँ आज आयोजित राष्ट्रिय चिकित्सा ऐन ,२०७५ अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दैै उहाँले ऐनले निजी चिकित्सा शिक्षाको क्षेत्रमा भएका विकृति अन्त्य गरी दुर्गम क्षेत्रमा शिक्षण संस्था स्थापनाका लागि पूँजी लगानीमा प्रोत्साहन गरेको धारणा व्यक्त गर्नुभयो ।

मन्त्री पोखरेलले ऐन आउनुभन्दा अगाडि मापदण्डविना विदेशमा नेपाली विद्यार्थी चिकित्सा शिक्षा अध्ययन जाने गरेको र २० पल्टसम्म मेडिकल काउन्सिलले लिने परीक्षामा अनुतीर्ण हुने गरेको जानकारी दिँदै अहिले प्रवेश परीक्षा लिने प्रणाली शुरु भएपछि विगतमा एक हजार ५०० को सङ्ख्या घटेर ४०० विद्यार्थी पुगेका छन् भन्नुभयो ।

उहाँले अहिले चिकित्सा क्षेत्रमा अनुसन्धान आवश्यक रहेको र ऐनले सेवा, पठनपाठन र अनुसन्धानलाई मुख्यरुपमा जोड दिएको चर्चा गर्दै चिकित्सा सेवा मानवजीवनसँग गाँसिएको हुनाले सेवा प्रवाह गर्दा संदवेदनशील हुनुपर्ने बताउनुभयो ।

उहाँले चिकित्सा क्षेत्रमा मागअनुसारको जनशक्ति उत्पादन हुनुपर्ने बताउँदै निजी क्षेत्रले उत्पादन गरेर मात्र हुँदैन त्यसको व्यवस्थापन पनि आवश्यक भएकाले ऐनले यसमा प्रभावकारी भूमिका खेल्ने छ भन्नुभयो ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सरकारी अस्पतालमा तोकिएको समयसम्म कार्य नगर्ने चिकित्सकलाई ऐनले अनुगमन गरी कारवाही गर्ने प्रावधान रहेको बताउनुभयो ।

उहाँले निजामती जस्तो चिकित्सा सेवा नभएकाले उनीहरुको बालबच्चाको शिक्षा, थप अध्ययन लगायतका कार्यमा सेवा सुविधा थप गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले चिकित्सा क्षेत्रमा रहेका समस्या र विकृतिलाई ऐनले मर्यादित बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।
एकदिने गोष्ठीमा मोरङ, सुनसरी, झापा जिल्लाअन्तर्गत रहेका चिकित्सा अध्ययन संस्था, विभिन्न निजी तथा सरकारी अस्पताल, शिक्षण संस्थाका प्रमुख र प्रतिनिधिले ऐनको सफल कार्यान्वयनमा गर्नुपर्ने सुधारका विषयमा सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीपछि २१६ विदेशी पर्यटकको सेनाले हेलिकोप्टरमार्फत उद्धार गर्‍यो

आज देशभर वर्षाको सम्भावना, कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा परिणाममुखी काम गर्ने शोभा गौतम प्यानलको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu