ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खप्तड लघुजलविद्युत योजनाको सफल परिक्षण


एबीसी न्यूज
२६ जेष्ठ २०७६, आइतबार   १० : १२   बजे

अछाम, २६ जेठ । साँफेबगर नगरपालिका १२ खप्तडमा निर्माण भएको खप्तड लघुजल विद्युत् आयोजनाको सफल परिक्षण गरीएको छ । २०७० देखि निर्माण कार्य सुरु भएको विद्युतको परिक्षण गरीएको हो । उक्त विद्युत निर्माणमा बैकल्पिक उर्जाबाट १ करोड २७ लाख ५० हजार, गरीबी निवारण कोष २५ लाख, तत्कालिन निर्वाचन क्षेत्र विकास कोषबाट २०७० मा १५ लाख, तत्कालिन जिल्ला विकास समिती अछामबाट ५ लाख रुपैँया प्राप्त भएको निर्माण उपभोक्त समितीका अध्यक्ष खकेन्द्र कडायतले जानकारी दिनु भयो ।

यस्तै खप्तड क्षेत्र पर्यटन विकास समितीबाट १४ लाख, साँफेबगर नगरपालिकाबाट १३ लाख, साँफेबगर नगरपालिका १२ नं. वडाबाट ५ लाख २० हजार, पूर्वाधार विकास कार्यक्रम अछाम क्षेत्र नं. १ को क बाट १५ लाख, शुदुर पश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयबाट २० लाख गरी २ करोड ३९ लाख ५७ हजारको लागतमा खप्तड जलविद्युत आयोजनाको निर्माण भएको अध्यक्ष कडायतले बताउनु भएको छ । हाल सम्म उक्त योजनामा २ करोड ४३ लाख ५ हजार ९ सय २ रुपैँया ४९ पैँसा रकम खर्च भइसकेको जनाईएको छ ।

विद्युत परिक्षण गर्न आफूहरु सफल भए पनि अझै रकम अभाबका कारण उदारोमा काम गरिरहेको र मेसिन गरिद गरेर ल्याएको कम्पनीको रकम पनि तिर्न बाँकी रहेको समितीले जनाएको छ । सो योजनामा विद्युतका पोल, तार र अन्य उपकरण ढुवानी सहित करिब २५ लाख बराबर स्थानीयले जनश्रमदान गरेको जनाईएको छ । विद्युत निर्माण भएसंगै खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय, नेपाली सेनाको व्यरेक, खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालय र स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ हुने देखिन्छ ।

खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय, नेपाली सेनाको व्यरेक, खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालय सम्म  विद्युत लाईन विस्तारका गरिने खप्तड राष्ट्रिय निकुञ्ज मध्यवती क्षेत्र व्यवस्थापन समिती सदस्य हस्त बहादुर कडायतले बताउनु भयो । खप्तड पर्यटकीय क्षेत्रमा विद्यत लाईन विस्तारका लागि बाताबरणीय प्रभाव मुल्याङ्कनका लागि सम्बन्धित निकायसंग छलफल तथा सहकार्य भईरहेको पनि बताउनु भयो । करिब ३० किलोवाट विद्यत उत्पादन हुने परिक्षण गरिसकिएको उक्त विद्युतको निकट भविष्यमै एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिने विद्यत निर्माण उपभोक्ता समिती जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu