ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्ट्राचार गर्नेलाइ तह लगाउनुपर्छ– हरिबहादुर पाल


एबीसी न्यूज
५ असार २०७६, बिहिबार   ७ : ४३   बजे

 

काठमाडौं, ५ असार । प्रदेश २ का प्रहरी नायव महानिरिक्षक हरि बहादुर पालले भ्रष्ट्रचार गर्ने कर्मचारीहरु मात्र यस प्रदेशमा आउने गरेको आरोप लगाएका छन् । अपराधिक घटनालाई बढावा दिन तथा आर्थिक लाभ लिनको लागि अधिकांश कर्मचारीहरु प्रदेश २ मा आउने गरेको उनले बताए । पालले भ्रष्ट्रचारिहरु माथि शुन्य सहनशिल्ता राखि तह लगाउनु पर्ने बताए ।

बिहीबार सीमा प्रहरी चौकी लग्मा, जटही धनुषाको नव निर्मित भवन तथा कार्यालय उदघाटन सत्रलाई सम्बोधन गर्दै डिआईजी पालले भने ‘यस प्रदेशमा इमान्दार व्यक्तिलाई आउने इच्छा लाग्दैन । यहाँ आउने अधिकांश कर्मचारी आर्थिक लाभ लिन, चोरी, डकैती जस्ता क्रियाकलापलाई बढाउने प्रवृतिको कर्मचारीहरु हुन्छन् ।’ प्रदेश २ का प्राय जिल्लासंग आँफू पहिला पनि परिचायात्मक रहेको हुनाले केही सुधार गर्न आएको तर सुधारगर्ने वातावरण नपाएको उनले गुनासो गरे ।

इमान्दार कर्मचारीको अस्थिरता बारे उदाहरण दिँदै कानुन विपरीत काम गरेर दुई वर्ष आलोचना सुन्नु भन्दा राम्रो छ महिना मात्र पूर्णत मर्यादित र कानुनको पालना गरी काम गर्न आँफूले मन पराएको उनले बताए । प्रहरीको आत्म समिक्षा गर्दै प्रहरीले अहोरात्र मेहन्त गरेर जनताको सेवा हर बखत गरे पनि विभिन्न दवावका कारण कतिपय दोषीलाई कारवाही गर्न नसकेको उनले स्वीकार गरे । आमसर्वसधारणलाई कसैको रोहबरमा आएर सानो मुद्दामा विवाद नगर्न सुझाउँदै नाकारात्मक सोचको व्यक्तिले त्यसको लाभ लिएको उनले औल्याए ।

कुनै पनि समस्या भए गाउँघरमै वा नजिकको प्रहरी चौकीसंग सहकार्य गरी समाधान गर्न उनले आग्रह गरे । ‘आमसर्वसधारणलाई बीना कारण लडाएर कतिपय भ्रष्ट व्यक्तिहरुले कमाउन खोजेको भन्दै प्रदेश २ को जनतालाई सोच परिर्वतन गर्नु पर्ने आवश्यकता रहेको उनले औल्याए । ‘स्रोत साधन देखि धर्म, सांस्कृति, भाषा प्रत्येक क्षेत्रमा प्रदेश २ आगाडी छन,’ उनले भने, ‘तर पनि प्रदेश सम्पन्न हुन नसक्नु चिन्ताको विषय हो । प्रदेश २ का जनताले सोच परिवर्तन गरे छिट्टै प्रदेश समृद्ध हुन्छ ।’ कुलतमा परेका विभिन्न व्यक्तिहरुको उदाहरण दिँदै यहाँका अभिभावकहरु सचेत हुनु पर्ने उनले बताए । ‘अधिकांश घरबाट पुरुष बैदेशिक रोजगारीमा गएको छ,’ उनले भने, ‘घरमा सन्तानले आमाले टेरदैनन् र साथीभाइको लहैलहमा कुलतमा पर्छन् ।’

समाज निर्माणमा युवाको महत्वपुर्ण भुमिका रहेको भन्दै यहाँका अधिकांश युवा कुलतमा फसेको उनले बताए । कुलतमा परेका युवाहरुलाई सुधार गर्न अभिभावकलाई गम्भिर हुनु पर्ने भन्दै लागु औषध प्रयोग गरेको युवा माथि अभिभावकलाई निगरानी बढाउनु पर्ने उनले बताए ।

सुरक्षाको हिसाबले चुनौतीपूर्ण रहेको प्रदेश २ मा सिमावर्ती क्षेत्र धनुषाको जटहीमा चौकी निमार्ण कार्य सम्पन्न भएपछि यहाँका प्रहरी कर्मचारीहरुलाई कार्य गर्न र बस्न सहज हुने उनले विश्वास व्यक्त गरेको छ । शान्ति सुरक्षा र जनताको जन धनको लागि दत्त चित भएर कार्य गर्न प्रहरीलाई निर्देशन दिँदै प्रमुख नाकाहरुमध्ये एक रहेको जटहीमा सिमा प्रहरी चौकीको भवन निर्माणले विभिन्न प्रकारको अपराधिक घटनामा कमी आउने उनले उल्लेख गरे ।

नेपाल सरकारबाट प्राप्त नियमित बजेटबाट १ करोड ९८ लाख ६० हजार १ सय ८३ रुपैयाँको लागतमा नेपाल प्रहरीको आफ्नै जग्गाा ८ कठ्ठा १५ धुरमा रोशन कन्सट्रकसन प्रा.लि. जनकपुरमार्फत भवन निर्माण कार्य सम्पन्न गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपीडितलाई जाजु र शारडा ग्रुपको ६० लाखको राहत

त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धारका लागि नेपाली सेनासहित प्राविधिक टोली परिचालन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुनको भाउमा ठूलो गिरावट, तोलामा ९ हजार ५ सय रुपैयाँ घट्यो

भोटेकोशी बाढीपीडितलाई जाजु र शारडा ग्रुपको ६० लाखको राहत

त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धारका लागि नेपाली सेनासहित प्राविधिक टोली परिचालन

Myanmar Military Regains Ground Amid Air Raids, Conscription and Chinese Influence

South African Muslims Navigate Online Backlash Amidst Local Acceptance

Turkish and Somali Forces Liberate Hijacked Cargo Vessel

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu