ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कानूनी र व्यावहारिक दृष्टिकोणबाट नियन्त्रण गर्ने नीति लिइएको छ – गृहमन्त्री थापा


एबीसी न्यूज
९ असार २०७६, सोमबार   २ : १३   बजे


काठमाडौं, ९ असार । गृहमन्त्री रामबहादुर थापाले नेकपा ‘विप्लव’ समूहका गतिविधिलाई गम्भीर समस्याका रूपमा लिई राजनीतिक ढङ्गबाट समाधान खोज्न लामो समयदेखि प्रयत्न भइरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा यही असार ५ गते सर्लाही लखनदेहीमा कुमार पौडेल मारिएको घटनाबारे जानकारी दिँदै उहाँले विप्लव समूहबाट उठाइएका मुद्दालाई राजनीतिकरूपमै समस्या खोज्न वार्ता र संवादका लागि पहल भइरहेको जानकारी दिनुभयो ।

वार्ता र छलफलका माध्यमबाट राजनीतिकरूपबाटै समस्याको समाधान खेजिनुपर्छ भनेर विगतदेखि नै भइरहेको प्रयत्न जारी रहेको बताउँदै गृहमन्त्री थापाले पछिल्लो समय उक्त समूहबाट जुन किसिमको घटनाक्रम विकशित हुँदै गइरहेको छ, सरकारले त्यसलाई कानूनी र व्यावहारिक दृष्टिकोणबाट नियन्त्रण गर्ने नीति लिएको छ भन्नुभयो ।

उक्त समूहबाट हँुदै आएको सशस्त्र गतिविधिलाई नियन्त्रण गर्नुपर्छ भन्ने नीतिअनुसार देशव्यापीरूपमा सो समूहका कार्यकर्तालाई नियन्त्रण गर्ने प्रक्रिया अघि बढिरहेको सन्दर्भमा कुमार पौडेलको प्रहरीसँगको भिडन्तमा मृत्यु भएको गृहमन्त्री थापाले जानकारी दिनुभयो ।

“विप्लव समूह यो समस्यालाई राजनीतिकरूपमा समाधान गर्ने पक्षमा देखिएको छैन”, उहाँले भन्नुभयो । देशमा फेरि द्वन्द्व चर्र्काएर प्राप्त उपलब्धि उल्टाउने षड्यन्त्र कतै राज्य संयन्त्रबाटै त भइरहेको त छैन भन्ने सांसदको जिज्ञासामा गृहमन्त्री थापाले भन्नुभयो, “युद्धको नियमलाई सरकारले मान्छ, मुठभेडको नाममा अपराधी र विरोधीलाई सखाप गर्न हुँदैन भन्नेमा सरकार सचेत र सजग छ । कानूनी कठघरामा ल्याएर समाधान खोजिनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ ।”

उक्त घटनाबारेमा आवश्यक छानबिन गर्ने वचन दिँदै गृहमन्त्री थापाले सुरक्षाकर्मीबाट आएको स्थलगत जानकारीअनुसार स्थानीय व्यापारी, जनप्रतिनिधि लगायतसँग चन्दा मागेर त्रसित बनाई समुदायमा सन्त्रास फैलाउँदै आएका पौडेलको प्रहरीसँगको दोहोरो भिडन्तमै मृत्यु भएको बताउनुभयो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निज पौडेलेको आपराधिक र ध्वङ्सात्मक गतिविधिमा संलग्न भएका घटनाको फेहरिस्त प्रस्तुत गर्दै उनका विरुद्धमा प्रहरी प्रशासनमा परेका उजुरी र मुद्दासम्बन्धी विवरण सुनाउनुभयो ।

झोलामा पेस्तोल–दोहोरो मुठभेड कसरी ?

यसअघि बैठकमा सांसदले मुठभेडका नाममा पहिले नै यातना दिएर राजनीतिक कार्यकर्ता कुमार पौडेलको हत्या गरिएको भनी आक्रोश व्यक्त गर्दै छानबिन समिति गठन गरेर सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गर्नुभयो । विप्लव समूहको राजनीतिलाई निस्तेज तुल्याउने ढङ्गबाट वार्ता र संवाद छाडेर सरकारले किन मुठभेड रोज्यो भनी प्रश्न गर्दै उहाँहरुले नियन्त्रण गर्ने नाममा यातना दिएर गोली हान्ने काम भएको भनी आक्रोश व्यक्त गर्नुभयो ।

विप्लव समूहलाई संवादमा ल्याउन सुझाव दिँदै उहाँहरूले मृतकको झोलामा भेटिएको बन्दुकले दोहोरो भिडन्तलाई पुष्टि गर्छ कि गर्दैन भनी प्रश्न गर्नुभयो । राज्य असल र खराब दुवै मान्छेको अभिभावक भएकाले अपराधीलाई संविधान र कानूनको दायरामा ल्याएर कारवाही अघि बढाउन सुझाव दिँदै सांसदहरुले प्रहरीको प्रतिवेदनमा मुठभेड भए पनि जनताको प्रतिवेदनले त्यसलाई पुष्टि नगरेकाले सत्यतथ्य जानकारीका लागि छानविन समिति गठनको माग गर्नुभयो ।

बैठकमा सांसदहरू डिला सङ्ग्रौला, रेखा शर्मा, जनार्दन शर्मा, दीलेन्द्रप्रसाद बडू, महेश्वरराज गहतराज, यशोदाकुमारी सुवेदी, लक्ष्मी चौधरी, झपट रावल, मीना पाण्डे, तीर्था गौतम, रामसहायप्रसाद यादवलगायतले गृहमन्त्रीसमक्ष घटनाबारे सत्यतथ्य जानकारी माग गर्नुभयो ।

यसैबीच समितिले नेकपा विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलेको दोहोरो भिडन्तमा प्रहरीको गोली लागी मृत्य भएको घटनाको तत्काल छानबिन गरी सत्यतथ्य पत्ता लगाई समितिसमक्ष सात दिनभित्र प्रतिवेदन पेश गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu