ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कलाकारको अपमान गर्ने सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने– सांसद


एबीसी न्यूज
१० असार २०७६, मंगलबार   १२ : ३०   बजे

 

काठमाडौँ, १० असार । सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसदहरुले समसामयिक र क्षेत्रगत विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका हुन् ।

सांसद बिमला नेपालीले गृहमन्त्रालयले एक पछि अर्को निर्देशन दिएर नागरिकता वितरणमा सधै समस्या देखिने गरेकाले दीर्घकालि समाधानका लागि नागरिकता सम्बन्धी विधेयक तत्काल सदनको छलफलमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

सांसद बिमला बिकले प्रकाश सपुत र शान्ति श्री परियारको गायको गलबन्धी च्यातियो तिमिले च्यातियो भन्ने गीत बाँझियो भनी दाबी गर्ने शम्भु राईलाई समर्थन गर्ने नाममा कलाकार र सर्जक माथि अपमान गर्ने काम भएको भन्दै कानुनी दायराभित्र ल्याएर अबिलम्ब कारवाही गर्न माग गर्नुभयो ।

सांसद महेश्वर जंग गहतराज अथक प्रकाश सपुत र शान्ति श्री परियारलाई अपमानित गर्नुको साथै सिंगो समुदायलाई नै अपमानित गर्ने गरि सामाजिक संञ्जालमा भईरहेका गतिविधि नियन्त्रणका लागि सरकारलाई गम्भीर कदम चाल्न माग गर्नुभयो ।

सांसद मिन बहादुर विश्वकर्माले ढुवानीमा भ्याट प्रणालीले ढुवानी क्षेत्रमा काम गर्ने व्यवसायीलाई व्यवहारीक कठिनाई भएको भन्दै यो व्यवस्था तत्काल खारेज गर्न माग गर्नुभयो ।

सांसद मिना सुब्बाले केही दिन देखि राजधानीमा महिलामाथि सिरिञ्ज आक्रमणका घटना बढेको र यसले महिला जगतमा त्रास फैलिएको भन्दै यस घटनालाई गम्भीर रुपमा लिई सत्य तथ्य पत्ता लगाई दोषीलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मैना कुमारी भण्डारीले राजधानीका वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा पनि सरकारले अघि सारेको स्वास्थ्य विमा अन्र्तगतको उपचार हुने व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद यज्ञ बहादुर बोगटीले गएराती अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ३ नन्दवहादुर कडायतको घरमा रहेको वडा कार्यालयमा विप्लब आगजनी गरेको, ढकारी गाउपालिका वडा नम्बर ५ को वडा कार्यालय पनि आजगनी भएको भन्दै दोषी माथि कडा कारावाही गर्दै नीजि घरमा भएको क्षतिको क्षतिपुर्ति उपलब्ध गराउन सरकारसंग माग गर्नुभयो ।

सांसद यज्ञराज सुनुवार संघीय शिक्षा ऐन आउन ढिलाई हुनु र यस बीचमा तीनै तहको सरकारको समन्वयको अभाव हुदा सिंगो शिक्षा क्षेत्र नै प्रभावित हुन सक्ने तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद राजबहादुर बुढा क्षेत्रीले गत बैशाख २२ र २४ गतेको असिना बर्षाले दैलेखमा अन्नबाली क्षति भएको र त्यसको अहिले सम्म राहत उपलब्ध नगराईएको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

सांसद रामकुमारी झाक्रीले पहुँचवालाले विमा सहित सरकारबाट पनि क्षतिपुर्ति लिने प्रचलन देखिएको भन्दै विमा नीति र क्षतिपुर्ति सम्बन्धी मापदण्ड स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीमा बहाव बढ्यो, तर ठूलो बाढीको जोखिम नरहेको पूर्वानुमान

त्रिशूली–३ ‘ए’ सुरुङ उद्धारमा आशा जाग्यो, उद्धार टोली क्राउनसम्म पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu