ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यान्सर अस्पतालको विकास र विस्तारमा म लागि रहेको छु– अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
१० असार २०७६, मंगलबार   ६ : १४   बजे

 

काठमाडौँ, १० असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले क्यान्सर अस्पतालको विकास र विस्तारमा शान्ति प्रकृयामा आए देखि नै आँफूले योगदान पु¥याउँदै आएको बताउनु भएको छ । अस्पतालले सञ्चालन गरेका दुईवटा फार्मेसीको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले अस्पतालले प्रदान गर्ने सेवालाई विश्वसनीय र गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो ।

देशको एकमात्र केन्द्रीय स्तरको सुविधा सम्पन्न यस अस्पतालको विकासका लागि सरकार र मित्रराष्ट्रहरु सँग आँफूले निरन्तर कुराकानी गरिरहेको दाहालले बताउनुभयो । अस्पतालको आफ्नै फार्मेसीबाट  बिरामीले सर्वसुलभ र गुणस्तरीय औषधि पाउनेमा आँफू विश्वस्त रहेको बताउँदै उहाँले सोही अनुरुप काम गर्न अस्पताल प्रशासनलाई आग्रह गर्नुभयो ।

दाहालले आँफू प्रधानमन्त्री हुँदा अस्पताल स्वयमले फार्मेसी सञ्चालन गरी सहुलियत दरमा गुणस्तरीय औषधि विक्रि वितरणको व्यवस्था मिलाउने निर्णय अनुरुप आज आँफैले फार्मेसीको उद्घाटन गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा. विजय चन्द्र आचार्यले फार्मेसी सञ्चालन प्रकृया र सहुलियत दरमा विरामीले औषधि पाएको जानकारी गराउनु भएको थियो । उहाँले यो फार्मेसी अस्पतालले अतिरिक्त आम्दानीका लागि नभएर विरामीको सेवाका लागि केन्द्रीत हुने बताउनुभयो ।

अस्पतालले फार्मेसी सञ्चालन गरेसँगै बजारको विक्री मूल्यभन्दा तीन सय गुणासम्म सस्तोमा विरामीले औषधि पाएका छन् । आचार्यका अनुसार फार्मेसी सञ्चालन निर्देशीका २०७२ ले तोकेअनुसार वोलपत्र आह्रवान गरी खरिद गरिएको मूल्यमा २० प्रतिशत मुनाफा राखेर विक्री गरिएको छ । क्यान्सरका विरामीलाई लगाइने महंगो केमोदेखि ग्यास्टिक नबढोस भनेर खाइने सामान्य औषधिसम्म निकै सस्तो मूल्यमा उपभोक्ताले पाएका छन्

अक्ज्यालो प्लाटिन नामक केमो बाहिरी बजारमा एक भायलको रु १५ हजार पर्दछ भने अस्पतालको फार्मेसीमा रु ३ हजार ३ सय मा विक्री गरिएको आचार्यले जानकारी दिनुभयो । त्यसै गरी बजारमा प्रति ट्यावलेट रु ८ पर्ने प्यान्टोप्राजोल ३ रुपैंया २५ पैसामा अस्पतालको फार्मेसीमा पाइन्छ ।

अस्पतालको कार्यवाहक अध्यक्षको रुपमा काम गर्दै आउनु भएकी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अस्पतालको आफ्नै फार्मेसी भएसँगै विरामी प्रत्यक्ष रुपमा लाभान्वीत हुने बताउनुभयो । पछिल्लो समय अस्पताल सुधारको गतिमा अघि बढेको भन्दै उहाँले यसलाई एशीयाको नमुना अस्पतालको रुपमा विकास गर्न महानगर लागि परेको जानकारी दिनुभयो । अस्पतालको बहिरंग र अन्तरंग सेवामा फार्मेसी सञ्चालमा ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group