ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री रोजगार कार्यक्रम – शुक्लाफाँटामा पदमार्ग निर्माण


एबीसी न्यूज
११ असार २०७६, बुधबार   ११ : ३५   बजे


काठमाडौं, ११ असार । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा रहेको पर्यटकीय क्षेत्र बतासे झरना क्षेत्रमा पदमार्ग निर्माण शुरु गरिएको छ ।

आन्तरिक पर्यटकको गन्तव्यका रुपमा रहेको बतासे झरना पुग्नका लागि कार्यक्रमअन्तर्गत रोजगारीका लागि नगरपालिकामा फाराम भरेका २४ जनाले काम पाएका छन् । झर्ना पुग्ने ठाउँमा पुग्ने पैदलयात्रुको आवागमनलाई सहज बनाउन ढुङ्गाको सिँढी बनाउने र बाटोमा रहेका ढुङ्गालाई पन्छाई व्यवस्थित पर्ने काम अगाडि बढाइएको वडा नं ८ का वडाध्यक्ष बहादुरसिंह महराले बताउनुभयो ।

चुरे पर्वत शृङ्खलामा रहेको बतासे झरना आन्तरिक पर्यटकको गन्तव्यका रुपमा रहेको छ । दुईतर्फ कडा चट्टान भएको साँघुरो ठाउँबाट झरना खस्छ । झरना खस्दै गरेको ठाउँको मनोरम दृश्यलाई क्यामेरामा कैद गर्न, सेल्फी लिन र तालमा पौडी खेलेर मनोरञ्जन गर्न पर्यटकीय क्षेत्रमा पर्यटक पुग्ने गरेका छन् ।

कार्यक्रमअन्तर्गत रोजगारका लागि पदमार्ग निर्माणमा जुटेका व्यक्तिलाई ३० दिनसम्म रोजगारी दिइनेछ, उहाँले भन्नुभयो, “प्रतिदिन रु ५१७ का दरले ज्याला दिइनेछ ।” जसका लागि वडा कार्यालयमा रु तीन लाख ७२ हजार २४० रकम पठाइएको छ । पदमार्ग दुई हजार ६०० मिटर लम्बाइ र डेढ मिटर चौडाइको निर्माण हुनेछ ।

पदमार्ग धारापानी शुक्लाताल, बेलगडा हुँदै बतासे झरनासम्म पु¥याउने वडा कार्यालयको योजना छ । रोजागरी पाउनेमा दलित, जनजाति, एकल महिला र विपन्न परिवारका व्यक्तिहरु संलग्न छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नगरपालिकामा चालू आवमा ३० दिनका लागि २०३ जनाले रोजगारी पाएका छन् ।

रोजगारीमा संलग्नलाई पदमार्ग निर्माण, सडक मर्मतसम्भार, सरसफाइ प्रवद्र्धन र सामुदायिक विद्यालयका भवन मर्मतमा खटाइएको नगरपालिकाका रोजगार संयोजक कृष्णप्रसाद भट्टले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नगरपालिकामा पाँच हजार ४२४ ले रोजगारीका लागि निवेदन दिएका छन् । कार्यक्रम सञ्चालनका लागि नगरपालिकामा रु ४५ लाख बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group