काठमाडौं, १२ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेको छ। विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको गरेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिनुभयो ।
कार्यालयले हिजो परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले आज बिहीबार परीक्षाफल सार्वजनिक गरेको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयले केहिवेरमा बोर्ड बैठक बसेर नतिजा सार्वजनिकको तयारी गरेको जनाउँदै प्राविधिक समस्या नआए केहिवरेमा नतिजा सार्वजनिक गर्ने जानकारी दिएको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।
नतिजा हेर्ने यो तरिका
परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरकाे बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बाेर्डले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरकाे www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरकाे www.neb.gov.np र एनसेल प्रा. लि.काे www.ncell.axiata.com मा गएर पनि परीक्षाकाे नतिजा हेर्न सकिने बाेर्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्