ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक युवती बनिनन् सिरिन्ज आक्रमणको सिकार


एबीसी न्यूज
१२ असार २०७६, बिहिबार   २ : २२   बजे

काठमाडौं, १२ असार । अहिले काठमाडौं उपत्यकामा मात्र होइन बाहिर पनि ‘सिरिन्ज आक्रमण’को त्रास छ । बनेपाकी ३४ वर्षीया एक युवती सिरिन्ज आक्रमणमा परेको भन्दै बुधबार शुक्रराज ट्रपिकल सेन्टर टेकु आइपुगेकी थिइन् । अस्पतालका निर्देशक डा. पुनका अनुसार अरूभन्दा यो घटना सिरिन्ज एट्याक भनेर दाबी गर्न सकिने छ ।

गएको डेढ महिनामा यस्तै प्रकृतिको घटना लिएर शुक्रराज ट्रपिकल सेन्टरमा ९ जना महिला पुगिसकेका छन् । यसअघि भएका चार घटना सार्वजनिक भएपछि त्रसित हुँदै महिलाहरु टेकु अस्पताल पुगेका डा. पुन बताउँछन् । उनीहरुलाई एचआईभी विरुद्धको एआरटी औषधि चलाइएको छ भने हेपाटाइटिस बी बिरुद्धको भ्याक्सिन पनि दिइएको छ । केही दिनको अन्तरमा भएको उस्तै घटनाले महिलाहरु त्रसित छन् ।

पछिल्लो तथ्यांकले सिरिन्ज आक्रमण घटनाको ग्राफ बढेको देखाउँछ । तर प्रहरीले भने आक्रमणकारी पक्राउ नभएकाले घटनाबारे थप भन्न नसकिने बताएको छ । डा. पुनले पनि आक्रमण रोग सार्ने नियत हो या आतंक फैलाउने नियतले हो थाहा भइनसकेको बताउँछन् । उनका अनुसार पीडित महिलाहरूमा कुनै संक्रमण भए/नभए टुंगो लाग्न तीन महिनासम्म कुर्नुपर्छ । भन्छन्, ‘तीन महिनाअघि नै घटनाको बारेमा थाहा पाउन आक्रमणकारी पक्राउ गरेर अनुसन्धान गर्नुपर्छ ।’

टेकु अस्पतालका चिकित्सकहरुले पनि घटनालाई ‘गम्भीर’ रूपमा लिएका छन् । यद्यपि सिरिन्जले घोपेको भनेर दाबी गर्न सक्ने पर्याप्त आधारहरु अझै नभेटेको डा। पुन बताउँछन् । उनी भन्छन्, ‘अधिकांश युवतीको दाबी मान्ने हो भने सिरिन्ज आक्रमण नै भएको हो, तर बनेपाको घटना बाहेक अरुमा अन्यौलमा छौं ।’

सिरिन्ज आक्रमणका पछिल्ला ९ मध्ये ६ वटा घटनाबारे प्रहरीमा उजुरी परिसकेको छ । गएका एक सातामा भएका ५ वटा घटनापछि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र वोगटी आक्रमणकारीको पहिचान गर्न सीसीटीभी फुटेज र पीडितको बयानका आधारमा खोजी भइरहेको बताउँछन् । बोगटी भन्छन्, ‘हामी आक्रमणकारी खोजिरहेका छौं । चाँडै सार्वजनिक गर्छौं ।’

टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टरका डा। अनुप बास्तोलाका अनुसार सिरिन्ज नै आक्रमण गरेको हो भनेर दाबी गर्न नसकिने ३ कारणहरु । यस्ता छन् ।

पहिलो कारण– स्पिडमा बाइकमा आएर घोप्दा घोपिएको ठाउँ वरपर घर्षण भएर चोट देखिन सक्छ तर चारैजना युवतीको घोपिएको ठाउँमा एक ठाउँमा मात्र चोट देखिन्छ ।

दोस्रो कारण– घटना भएको स्थानको सीसीटीभी फुटेजमा मोटरसाइकल युवतीको नजिकबाट गएको देखिन्छ, तर हातमा भएको वस्तु सिरिन्जजस्तो देखिँदैन ।

तेस्रो कारण– सिरिन्जले घोप्दा चोट गहिरोसँग लाग्छ, तर बनेपाको बाहेक अन्य युवतीको घोपेको ठाउँमा चोट गहिरो छैन । घाउ ठूलो छ । जसको कारण काँटी या कुनै धारिलो हतियारले आक्रमण गरेको अनुमान गर्न सकिन्छ ।

एउटै प्रकृतिको घटना एकै समयमा र एउटै क्षेत्रमा भएकाले सिरिन्ज हुन सक्नेमा पनि उनी सहमत छन् । सिरिन्ज हो या होइन भनेर थाहा पाउन आक्रमणकारीको नियत थाहा पाउनुपर्ने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र राहतका लागि निर्माण व्यवसायी महासंघद्वारा सवारीसाधन उपलब्ध गराउन अपिल

विपद् प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन सरकारको आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu