ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिपक्षी दलद्धारा रोस्ट्रम घेराउ गरेपछि प्रदेशसभाको बैठक स्थगित


एबीसी न्यूज
१२ असार २०७६, बिहिबार   ७ : ४२   बजे

 

काठमाडौं, १२ असार । प्रतिपक्षी दलका सदस्यले रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक स्थगित भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको बजेट विधि, पद्धति मिचेर अपारदर्शी र असन्तुलित ढङ्गको रहेकाले सच्याउनुपर्ने भन्दै प्रतिपक्षी नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्यले नराबाजी गरेपछि बैठक अवरुद्ध गरेका थिए । बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले रोस्ट्रम अगाडि पुगेर ‘अपारदर्शी बजेट चाहिँदैन’ भन्दै नाराबाजी गर्दै विरोध गरेका थिए । प्रतिपक्षीको अवरोध जारी रहेपछि सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगन गरी अर्को बैठक असार १५ गते अपराह्न ३ बजेका लागि तोक्नुभयो ।

बैठक स्थगनपछि प्रदेशसभा परिसरमा प्रतिक्रिया दिँदै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सरकारले प्रतिपक्षीसँग वार्ता गरेर समस्याको समाधान गर्न चाहेको बताउनुभयो । प्रदेशसभा सदस्य भरतबहादुर खड्काले नीति र विधि नमानेर डल्लो बजेट तथा कार्यकता पोस्ने बजेट ल्याएको आरोप लगाउनुभयो । उहाँले बजेटमा विधि सम्मत तरिकाले सुधार नभएसम्म आफूहरुको विरोध नरोकिने बताउनुभयो ।

प्रदेश सरकारले असार १ गते प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट पेश गरेको थियो । प्रतिपक्षीको विरोधका कारण प्रदेशसभाको बैठक लगातार स्थगन हुँदा बजेट माथिको छलफल अघि बढ्न सकेको छैन । असार ५ गतेको बैठक कार्यसूचिमा प्रवेश गर्न नपाई स्थगन गरिएको थियो । त्यसपछि असार ८ र ११ गतेका लागि तोकिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको थियो ।

बैठकमा हाँसो

आजको बैठक स्थगन गरी अर्को बैठकको लागि तोकिएको मिति र समय बारेको जानकारी दिने क्रममा सभामुख थापाले ‘अर्को बैठक असार ८ गते बस्ने छ’ भनेपछि सदनमा हाँसो उठेको थियो । हाँसो र अलमलका बीच सभामुख थापाले पुनः मिति र बार रुजु गर्नु हुँदै अर्को बैठक असार १५ गते तोकिएको जानकारी गराउनुभएको थियो । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले सभामुख आफैँले आगामी बैठकको कार्यसूचि टिप्ने क्रममा भएको त्रुटीका कारण यस्तो भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu