ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रिमालको एकल प्रदर्शनी,पूर्वप्रधानमन्त्री लगायत चार सयले अवलोकन गरे


एबीसी न्यूज
१३ असार २०७६, शुक्रबार   १ : ०५   बजे

 

काठमाडौं, १३ असार । आर्किटेक्ट इञ्जिनीयर तथा चित्रकार शङ्करनाथ रिमालको एकल प्रदर्शनीलाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत अन्य नेताले अवलोकन गर्नुभएको छ ।

असार ५ गतेबाट शुरु भएको प्रदर्शनीमा लगभग चार सयले अवलोकन गरेको रिमालले जानकारी दिनुभयो । “आगामी दिनमा मेरो कलालाई थप निखार्दै जानेछु”, उहाँले भन्नुभयो । प्रदर्शनीका क्रममा आफ्नो कलालाई आगामी दिनमा थप निरन्तरता दिँदै जानुपर्नेलगायत अन्य सकारात्मक सुझाव आएको उहाँले बताउनुभयो । उहाँको निजी निवास नक्साल, नारायणचौरमा शशिशङ्कर ग्यालरीसमेत प्रदर्शनीमार्फत विस्तार गर्नुभएका रिमाल भन्नुहुन्छ, “निजीस्तरबाट सञ्चालित भएकाले सधैँभरि खुला हुँदैन, अवलोकन गर्न चाहनेले सम्पर्क गरेर आउन सक्नेछन् ।”

रिमालको चित्रकला र मूर्तिकला आधुनिक परम्परागत शैलीसँग सम्बन्धित छन् । रिमालको ग्यालरीमा ३५ चित्र, १५ मूर्ति, लगभग ५० भन्दा बढी आर्किटेक राखिएका छन् । रिमालको यो पहिलो एकल प्रदर्शनी हो । रिमालको परिवारका सदस्यहरुको पारिवारिक जमघटबीच प्रदर्शनी बिहीबार सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group