ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवतीहरुलाई तिखो वस्तुले घोचेर आतंक फैलाउने एक युवकलाई सार्वजनिक (आक्रमणको भिडियो )


एबीसी न्यूज
१३ असार २०७६, शुक्रबार   २ : २५   बजे

काठमाडौं, १३ असार। उपत्यकाभित्र युवतीहरुलाई तिखो वस्तुले घोचेर आतंक फैलाउने एक युवकलाई सार्वजनिक गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति पक्राउ गरी आज बिहान सार्वजनिक गरेको हो।

प्रहरीले रामेछाप घर भएका ३० वर्षीय सन्तोष कार्कीलाई पक्राउ गरेको परिसरका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

ढल्कुमा अन्जना  (नाम परिर्वतन ) माथि भएको आक्रमणको भिडियो समेत सार्वजनिक भएको छ । प्रहरीले आक्रमणमा संलग्न सन्तोष कार्कीलाई पक्राउ गरेसँगै घटनाको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको हो ।

जेठ ३२ गते राति करिव १० बजेतिर कुकुर लिएर सडकमा निस्किएकी उनीमाथि मोटरसाइकलमा आएका व्यक्तिले आक्रामण गरेका थिए । सिरिन्ज आक्रमण भएको आशंकामा उनलाई एचआईभीविरुद्धको औषधी र हेपाटाइटिसविरुद्धको भ्याक्सिन समेत दिइएको थियो । तर, कार्कीले भने ढलान काँटीले घोचेको दाबी गरेका छन् ।

२०६० सालमा एसएलसी पास गरेका सन्तोष ताहाचलस्थित काठमाडौँ क्याम्पसमा भर्ना भए पनि उनको अध्ययन अगाडि बढ्न सकेन। गोदाबारीस्थित होटल भ्यु भृकुटीमा वेटरका रुपमा काम थालेका उनी २०६८ सालतिर साउदी अरब लागेका थिए बर्गर हाउसमा काम गर्न। साउदी अरबमा पाँच वर्ष बिताएका सन्तोष २०७४ सालको अन्ततिर नेपाल फर्किएका हुन्।

त्यसयता उनीले नाताले दाजुसँग मिलेर गोल्डेन क्याफे किनेका थिए ५५ लाख रुपैयाँमा। उनका १० वर्ष र १७ महिनाका दुई छोरा छन्। साउदी अरबमै काम गर्दा उनले सिरिन्ज अट्याकबारे सुनेका थिए। उनलाई रमाइलो लागेको थियो यसबारे पढेररसुनेर। महाराजगन्जमा रहेको क्याफे बन्द गरेर फर्कँदा बाटामा एक्लै दुक्लै महिलाहरु हिँडिरहेको भेट्थे।

करिब तीन महिनाअघि उनलाई अचानक विचार आयो, राती महिलालाई घोच्ने। यो सिरिन्ज अट्याककै सिको थियो। सन्तोषको दावीलाई मान्ने हो भने यो विल्कुलै रमाइलोका लागि थियो। तर सिरिन्ज अट्याकको प्रयोजन भने बेग्लै छ। उनी घर फर्कँदा काठका तिखा टुक्राहरु बोकेर हिँड्न थाले। एउटा, दुईटा हुँदै उनलाई बानी पर्‍यो महिलालाई तिखा बस्तुले घोच्ने। सन्तोषबाट भएका आक्रमणका घटनामा दुईपटक एउटै महिला पीडित बनेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका सन्तोषलाई शुक्रबार महानगरीय प्रहरी परिसर टेकुमा सार्वजनिक गरिँदा पीडित महिलाका आफन्तले उनलाई घेरेनन् मात्र आक्रमणको प्रयास समेत गरेका थिए।

प्रहरीसँगको बयानमा सन्तोषले घटनाबारे यतिधेरै चर्चा होला भन्ने नसोचेको बताएका छन्। ‘मलाई सामान्य लागेको थियो। राती घोच्थेँ अनि भागि हाल्थेँ ‘, सन्तोषले भनेका छन्। घटनाहरुबारे समाचार बाहिर आएपछि आफूले त्यसो गर्न छाडेको सन्तोषको दावी छ।  प्रहरीसँगको प्रारम्भिक बयानको आधारमा 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group