ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीवन रक्षाका लागि सरकारसँग आग्रह


एबीसी न्यूज
१४ असार २०७६, शनिबार   ५ : ०१   बजे

 

काठमाडौं, १४ असार । बोन म्यारोबाट पीडित रोल्पाका सुरेश रोक्का मगरको जीवन रक्षा गर्न सरकारसँग अपिल गरिएको छ । सुरेश रोक्का बचाउ अभियानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँका आमा विनी रोक्का मगरले सुरेश बोनम्यारो क्यान्सरबाट पीडित रहेकाले आर्थिक सहयोगका लागि सरकारसँग अपिल गर्नुभयो ।

विनीले भाव बिव्हल हुँदै भन्नुभयो, “जेठो छोरा प्रेमले १० बर्षे जनयुद्धमा सहादत प्राप्त गर्यो, कान्छो छोराको यो अवस्था छ, म कोसँग हारगुहार गरौँ, छोराको उपचारमा सरकारबाट सहयोग होस् ।” रोल्पाको परिवर्तन गाउँपालिका–१ का १८ वर्षीय सुरेशलाई गत चैत महीनामा बोनम्यारो भई शरीरमा रगत उत्पादन हुन नसकेपछि नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको र हालसम्म रु २० लाख खर्च भइसकेको विनीले जानकारी दिनुभयो ।

चिकित्सकहरुले उहाँको उपचारका लागि रु ७० लाख खर्च लाग्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाका पोलिटब्युरो सदस्य एवं अभियानका सल्लाहकार नवीन रोक्का मगरले युवावस्थामा नै बोनम्यारोबाट पीडित सुरेशलाई मर्न दिन नहुने भन्दै आमाको जीवन सहारा सुरेशको जीवन रक्षा गर्न सरकार तथा जनसमुदायले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

अभियानका सल्लाहकार जीतेन्द्र पुनःमगरले आर्थिक अवस्था दयनीय रहेका सुरेशको परिवारले हालसम्म उपचारका लागि रु २० लाख खर्च भइसकेको, सहयोगी हातबाट हालसम्म रु सात लाख ७९ हजार ५८६ सङ्कलन भएको जानकारी दिनुभयो । थप आर्थिक सङ्कलनका लागि साउदी, दुबई, जापान, कोरिया, अमेरिका, पोर्चुगल, स्पेन, अष्टिया, संयुक्त अधिराज्य, सिंगापुर तथा भारतमा बसोबास गर्ने नेपालीसँग आर्थिक सहयोगका लागि वैदेशिक सहयोग संयोजक खडा गरेको उहाँले बताउनुभयो ।

सो अभियानका अध्यक्ष दीपक रोक्का मगरले सुरेशको जीवन रक्षा गर्नु सबैको कर्तव्य रहेकाले राज्य तथा सर्वसाधारणबाट सहयोग गरी सुरेशलाई नयाँ जीवन दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group