ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘पर्यटक प्रहरी मोबाइल एप’ सञ्चालन हुने


एबीसी न्यूज
१६ असार २०७६, सोमबार   १ : ५५   बजे

 

काठमाडौं , १६ असार । सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० को तयारी तीव्ररूपमा गरेसँगै नेपाल पर्यटन बोर्डले ‘पर्यटक प्रहरी मोबाइल एप’ सञ्चालनमा ल्याउन लागेको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सरकारले पर्यटकको सुरक्षा र पर्यटकलाई पर्नसक्ने समस्या समाधानका लागि एक हप्ता पछि सञ्चालन हुने गरी सो एप सञ्चालनमा ल्याउन लागेको हो ।

सो एपमा पर्यटक प्रहरी रहेको स्थान, पर्यटकले नेपालमा बस्दा गर्न हुने र गर्न नहुने काम, हटलाइन नम्बर, कुनै घटना घटिहालेमा प्रहरीलाई खबर गर्ने तरिका, पर्यटकका प्रतिक्रिया लेख्न मिल्ने व्यवस्था गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । एपमा जनपद प्रहरी रहेको नजिकको स्थानसमेत राखिएको हुँदा पर्यटकलाई थप सहज हुनेछ ।

पर्यटकलाई सुरक्षा र जानकारी दिन एपले सहयोग पुग्ने पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख अमृतबहादुर बस्नेत बताउनुहुन्छ । “एप सञ्चालनसँगै पर्यटकलाई खोजी गर्नसमेत सहज हुन्छ”, उहाँ भन्नुहुन्छ । यस्तै, काठमाडौँ उपत्यकाभित्र रहेका पर्यटकीय क्षेत्रका बारेमा पर्यटकलाई सूचना दिन र पर्ने समस्या समाधान गर्न ठमेलमा महानगरीय सूचना केन्द्रको स्थापना गर्न लागिएको छ ।

भ्रमण वर्षलाई सफल बनाउन नेपाल पर्यटन बोर्ड र पर्यटक प्रहरी भृकुटीमण्डपको आयोजनामा काठमाडौँ महानगरपालिका–२६ मा उक्त केन्द्र स्थापना गर्न लागिएको हो । पर्यटक प्रहरीले यसैवर्ष पर्यटकको बढ्दो आगमनलाई मध्यनजर गर्दै काठमाडौँको बौद्ध, तनहुँको बन्दिपुर र चितवनको पटिहानीमा अस्थायी पर्यटक प्रहरी कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu