ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काङ्ग्रेस कार्यकताका कारण बडीखेलमा विकास निर्माणको काम ठप्प


एबीसी न्यूज
१६ असार २०७६, सोमबार   ८ : ३३   बजे

 

ललितपुर  , १६ असार । ललितपुरको गोदावरी नगरपालीका वडा नं ३ थापाचौर हुदै बडिखेल जाने बाटो निर्माण हुदै गर्दा नेपाली कांग्रेसका कार्यकर्ताहरुले बाटो निर्माणको काम रोकिदिएका छन् ।

वडाको बजेटले शुरु गरिएको बाटो निर्माणको काममा उनिहरुले बिभिन्न बाहानामा काम रोक्न खाजिरहेको स्थानियले गुनासो गरे । “ यो जिर्ण अवस्थामा रहेको बाटो मर्मत संम्भार हुँदा संयौ घरधुरि लाभान्वित हुने थिए ”

बडिखेल जाने बाटो निर्माण हुँदै गर्दा नेपाली कांग्रेसका रमेश सिल्वाललगाएत २०,२५ जनाको समुह आइ बाटो निर्माण गर्ने टीममाथि नै हातपात गरेको।प्रत्यक्षदर्शीले बताए । पिता पुर्खा देखि हिड्दै गरेको सो बाटो आज जनताको चाहाना अनुरुप निर्माण हुँदै गर्दा बन्द गर्ने उद्देश्यले पटक पटक अवरोध गर्न आउनु दुखद कुरा रहेको बाटो निर्माण उपभोक्ता समितीका सदस्य हरिबिर सिल्वाल बताउछन् । “बिकासको कार्यमा सबै एक भै अगाडि जान जरुरी रहेको अवस्थामा विकासका बाधक केहि व्यक्तिहरु अवरोध सिर्जना गर्न लागिपरेका छन् ।” बाटो निर्माण बाटो निर्माण उपभोक्ता समितीका अर्का सदस्य जगन्नाथ थापा भन्छन्, – “यस प्रकारको गतिविधि रोक्न सबै स्थानिय एक जुट हुनैपर्छ ।”

असार १४ गते शनिवार बिहानै बाटो खन्ने र तार जाली लगाउने काम भइरहेको अवस्थामा दुवै समुहबिच विवाद हुदाँ हात हालाहालको स्थिती आएकाले विवाद चर्किएपछि प्रहरी पुगि स्थिती साम्य पारेको थियो । प्रहरी चौकी बाणेगाउँमा बाटो निर्माण गर्न दिनेबारे दुवै पक्षबिच सम्झौता भएको बाडेगाउ प्रहरी प्रभागका प्रमुख श्याम कट्ट्वालले बताए । उनका अनुसार दुवै पक्षबिच कुराकानी मिलिसकेको र विकास निर्माण कार्य कसैले पनि नरोक्ने सहमतिपछि फर्किएका छन् ।

विवाद साम्य भएपनि अवरोध सिर्जना हुने त्रासमा कामदारले काम गर्न डराइरहेकोले हाल बाटो निर्माण कार्य ठप्प भएको उपभोक्ता समितिले बताएको छ । छिटोभन्दा छिटो बाटो निर्माण कार्य अघि बढाउनको लागि सहयोग गर्न स्थानिय सरकारमार्फत् समितिले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group