ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैतडी क्रिकेट संघमा लालबहादुर चन्द


admin
९ कार्तिक २०७४, बिहिबार   १२ : ३६   बजे

बैतडी, ९ कात्तिक ।  बैतडी जिल्ला क्रिकेट संघको नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरिएको छ ।

संघको बुधबार सम्पन्न सातौँ जिल्ला अधिवेशनले लालबहादुर चन्दको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संघका उपाध्यक्षमा लोकराज जोशी, सचिवमा शेरसिंह खत्री र कोषाध्यक्षमा खेमराज भट्टलाई चयन गरिएको छ ।

यस्तै, सदस्यहरुमा चतुरबहादुर चन्द, तेजप्रकाश भट्ट, जयदेव जोशी, बसन्तप्रकाश विष्ट, राजेश खत्री, गणेशबहादुर चन्द, गणेशसिंह भण्डारी, वीरसिंह बोहरा, टेकबहादुर चन्द र सुरज पार्की रहेका छन् ।

जिल्ला क्रिकेट संघका निवर्तमान अध्यक्ष रमेश बोहराको अध्यक्षतामा सम्पन्न सातौँ अधिवेशनको प्रमुख अतिथि नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द रहनुभएको थियो । नेपाल क्रिकेट संघको संशोधित विधानअनुसार जिल्ला अधिवेशन सम्पन्न भएको हो । नवनिर्वाचित समितिको कार्यकाल अगामी चार वर्षका लागि हुनेछ ।

विसं २०५५ मा स्थापना भएको बैतडी जिल्ला क्रिकेट संघको संस्थापक अध्यक्ष क्यान अध्यक्ष चतुरबहादुर चन्द रहनुभएको थियो । उहाँले दुई कार्यकाल, जयदेव जोशी र विनोदबहादुर चन्दले जिल्ला क्रिकेट संघको नेतृत्व गरिसक्नुभएको छ । यस्तै रमेश बोहराले दुई कार्यकाल सम्हालेका थिए ।

नेपाल क्रिकेट संघको केन्द्रीय अधिवेशनका लागि सर्वसम्मतरुपमा केन्द्रीय प्रतिनिधिमा क्यानका वर्तमान अध्यक्ष चतुरबहादुर चन्दलाई चयन गरेको छ । बैठकले प्रान्तीय क्षेत्रिय अधिवेशन प्रतिनिधिमा क्यानका पूर्व केन्द्रीय सदस्य जयदेव जोशी, पूर्व क्षेत्रीय सचिव तेजप्रकाश भट्ट, वसन्तप्रकाश विष्ट र तेजबहादुर चन्दलाई चयन गरेको छ । प्रदेश नं ७ का ८ जिल्लासहित नेपाल क्रिकेट संघ (क्यान)ले मान्यता दिएका देशका ३९ सबै जिल्लामा बुधबारसम्म अधिवेशन सम्पन्न भइसकेको बताइएको छ ।

प्रदेश नं ७ को दार्चुलामा देवेन्द्र भट्ट, बझाङमा प्रविन्द्र धामी, डोटीमा दिनेश सिंह, कैलालीमा रतन कठायत र कञ्चनपुरमा वीरेन्द्र चन्द अध्यक्षमा चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group