ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्ध नेपाल र सुखी नेपालीका लागि सबै धनी हुनुपर्छ– उपप्रधानमन्त्री पोखरेल


एबीसी न्यूज
२९ असार २०७६, आइतबार   ५ : ४८   बजे

 

काठमाडौं, २९ असार । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पृथ्वीनारायण शाहले भौगोलिक रुपमा र आदिकवि भानुभक्त आचार्यले भाषिक रुपमा गरेको एकीकरणलाई सामाजिक सद्भावका साथ स्थायित्व दिनुपर्नेमा जोड दिनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानलगायत संस्थाको सहयोगमा भानु प्रतिष्ठानले आज यहाँ आयोजना गरेको २०६ औँ भानुजयन्ती एवं राष्ट्रकवि माधवप्रसाद घिमिरेको समभिनन्दन समारोहलाई सम्बोधन गर्दै उहाँले सामाजिक सद्भावमा टिकेको राष्ट्रिय एकतालाई मजबुत बनाउन भानुजयन्ती जस्ता अवसरले प्रेरणा दिने बताउनुभयो ।

“ समृद्ध नेपाल र सुखी नेपालीका लागि सबै धनी हुनुपर्छ, यसका लागि नेपालीबीचमा एकता हुनु जरुरी, एकता खल्बल्याउनेहरु सक्रिय रहेकाले सबै सचेत हुनुपर्छ”, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो ।

सो अवसरमा उचाइ बराबरको अभिनन्दनपत्रले सम्मानित राष्ट्रकवि घिमिरेले भानुजयन्ती सर्वप्रथम दार्जीलिङबाट मनाउन शुरु गरिएको स्मरण गर्दै विदेशमा बस्ने नेपालीले नेपाल राष्ट्र, नेपाली भाषा र संस्कृतिलाई फैल्याएको बताउनुभयो । “अहिलेको विश्वमा मानिसमा हृदय र पारिवारिकता हराउँदै गएको छ, ‘रामायण’मा उल्लेख भएअनुसार राम वनबास जाँदा भरतले खराउलाई सिंहासनमा राखेर राज्य गरेजस्तो पारिवारिकता फर्कोस्, भानुजयन्तीबाट हामीले त्यो सिक्न सकौँ”, उहाँले भन्नुभयो ।प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पृथ्वीनारायण शाहले भौगोलिक रुपमा एकीकृत बनाएको नेपाललाई आदिकवि आचार्यले भाषिक एवं सांस्कृतिक रुपमा एकताको सूत्रमा गाँस्नुभएको बताउनुभयो ।

भानु प्रतिष्ठानका अध्यक्ष प्रा डा व्रतराज आचार्यले नेपाली भाषाको मानकीकरणमा योगदान दिनुभएका आचार्यले ‘रामायण’लगायत ग्रन्थका माध्यमबाट सनातन संस्कृतिलाई एकताको सूत्रमा गाँसेको सुनाउनुभयो ।कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय, भानु प्रतिष्ठानका महासचिव डिपी अर्याल, प्राज्ञ देवी नेपाल, साहित्यकार ऋषभदेव घिमिरेलगायतले विसं २०३३ देखि नै प्रभातफेरी शुरु भएको जानकारी दिनुभएको थियो । भानु जयन्ती मनाउन म्याम्माबाट आउनुभएका ओम बगाले थापाले नेपाली भाषा नरहे नेपाली जाति, संस्कृति र संस्कार बच्न नसक्ने भएकाले आफूहरुले विदेशमा बसेर पनि भाषा रक्षाका लागि काम गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group