ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश सरकार डोल्पा घटनामा केन्द्रित


एबीसी न्यूज
३१ असार २०७६, मंगलबार   ४ : ०५   बजे

 

काठमाडौं,३१ असार । यही २९ गते मुड्केचुला गाउँपालिका–१ डोल्पामा आएको बाढीबाट मृत्यु भएका परिवारका लागि राहत र बेपत्ता भएकाहरुको उद्धारमा कर्णाली सरकार केन्द्रित भएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन कार्यान्वयन समितिको बैठकले मुड्केचुला गाउँपालिकाको कालिकास्थित औल गाउँका उच्च जोखिममा रहेका २९ घरका परिवारलाई तत्काल स्थानान्तरण गर्ने निर्णय गरेको छ ।

सोही दिन बाढीले बगाएका चार घरका परिवार, मृतक तथा बेपत्ता भएकाको परिवार र स्थानान्तरण गरिने परिवारका लागि आजै हेलिकोप्टरबाट खाद्यान्न, कपडालगायत राहत एवं उद्धारका सामग्री लिएर डोल्पा जाने कानूनमन्त्री भण्डारीले जानकारी दिनुभयो ।

“हामीले यो प्रदेशका १० वटै जिल्लामा आइपर्ने सभावित विपद्को प्रतिकार्यका लागि सबै तयारी गरेका छौँ,” उहाँले भन्नुभयो, “सडक अवरुद्ध हुन नदिन राष्ट्रिय राजमार्गका लागि डोजर, विपद्पछि उद्धारका लागि सबै क्षेत्रमा सुरक्षाकर्मी, डुबान क्षेत्रका लागि डुङ्गा, पीडितहरुको उपचारका लागि चिकित्सक र औषधि तथा खाद्यान्न तयारी अवस्थामा छन् ।” यस कार्यमा सबै जिल्लाका प्रशासन तथा जिल्ला प्रहरी कार्यालय र सङ्घीय सरकार गृह मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने उहाँको भनाइ थियो ।

समितिको बैठकले नेपाल पत्रकार महासङ्घ, राष्ट्रिय समाचार समिति र अकोरावको सहयोगमा यो प्रदेशका १० जिल्ला र ७९ स्थानीय तहसम्म पुग्ने गरी नागरिकलाई सन्देश, सूचना र समाचार सम्प्रेषण गर्ने र प्रदेश विपद् व्यवस्थापन परिषद्ले सोमबार गरेका ११ वटा निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

कानून मन्त्रालयका निमित्त सचिव विनोदकुमार गौतमले विपद्का लागि आवश्यक सामग्रीे तयारी भइरहेको बताउनुभयो । उहाँले उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी, च्याम्बर अफ कमर्स, उद्योग वाणिज्य सङ्घलगायत निकायसँग पनि समन्वय गरी अघि काम गरिरहेकोे जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group