ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिल्लामै पहिलो स्तनपान कक्ष स्थापना


एबीसी न्यूज
२ श्रावण २०७६, बिहिबार   १ : ०४   बजे

 

काठमाडौं, २ साउन । पश्चिम नवलपरासीस्थित सरकारी कार्यालयमा महिला सेवाग्राहीलाई लक्षित गरी पहिलो पटक स्तनपान कक्ष स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामै पहिलो पटक गोप्य स्तनपान कक्ष स्थापना गरी प्रयोगमा ल्याएको हो ।

कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीहरुको समस्यालाई मध्यनजर गर्दै उक्त कक्ष स्थापना गरिएको हो । महिला सेवाग्राहीलाई सार्वजनिक रुपमै आफ्ना बालबच्चालाई स्तनपान गराउन असहजता हुने भएकाले उक्त समस्यालाई मध्यनजर गर्दै कार्यालय हाताभित्रै स्तनपान कक्ष स्थापना गरिएको प्रजिअ शम्भुप्रसाद मरासिनीले जानकारी दिनुभयो ।

“कार्यालयमा महिला सेवाग्राहीको चाप हुने गरेको छ, कतिपय बालबच्चासहित आउनुहुन्छ, विभिन्न सेवा लिन आउँदा केही समय लाइनमा बस्नुपर्ने वा कुर्नुपर्ने हुनसक्छ, त्यस्तो अवस्थामा दुधे बालबच्चालाई स्तनपान गराउन सहयोग पुग्ने र बालबालिकाको आमाको दूध पान गर्न पाउने अधिकारलाई संरक्षण गर्न पनि हामीले यो कक्ष स्थापना गरेका हौँ”, प्रजिअ मरासिनीले भन्नुभयो ।
कार्यालयमा स्तनपान कक्ष स्थापना भएपछि दुधेबच्चासहित महिला कर्मचारी र सेवाग्राही महिलालाई स्तनपान गराउन सजिलो भएको कार्यालयका प्रशासकीय अधिकृत ज्योतिराज अर्यालले बताउनुभयो । कार्यालयलाई महिलामैत्री बनाउनका लागि पनि यो शुरुआत गरेको उहाँको भनाइ थियो ।

पाल्हिनन्दन–५ की शोभावती हरिजने आफू नागरिकताका लागि केही समयको कुराइमा बस्दै गर्दा स्तनपान कक्षमा बसेर आफ्नो बच्चालाई दूध खुवाउन पाएको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो । जिल्लाका अन्य कार्यालय र गाउँपालिका÷नगरपालिकामा पनि यस्ता कक्षको स्थापना गर्नुपर्ने उहाँको सुझाव थियो ।

यसैगरी जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले नागरिक सहायता कक्ष पनि स्थापना गरेको छ । नागरिकलाई सहज सेवा प्रदान गर्न र कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहलाई चुस्त–दुरुस्त बनाउनका लागि यो कक्ष स्थापना गरिएको कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट पुरानो सेवा र ढाँचालाई अन्त्य गर्दै सेवाग्राहीलाई सहज र छिटो सेवा प्रदान गर्दै सन्तुष्ट बनाउने गरी सेवाप्रवाह चुस्त बनाइएको प्रजिअ मरासिनीको भनाइ छ । नागरिक सहायता कक्ष स्थापना भएपछि सेवाग्राहीले पनि सहजता महसुस गरेको नागरिक समाजका अध्यक्ष शम्भु उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीपीडितका लागि नेकपाले २५ लाख रुपैयाँ सहयोग गर्ने

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu