ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल र जर्मनीबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना हुने


एबीसी न्यूज
२ श्रावण २०७६, बिहिबार   ७ : ४४   बजे

 

काठमाडौं, २ साउन । नेपाल र जर्मनीका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना हुने भएको छ । दुई देशका परराष्ट्र मन्त्रालयबीच उक्त संयन्त्र स्थापना गर्नेसम्बन्धी आशयपत्रका नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

गत असार २९ गते बसेको मन्त्रिपरिषद्को बैठकका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले दुई देशको मैत्री सम्बन्धलाई थप विस्तार गर्न त्यस्तो संयन्त्र स्थापना गर्न लागिएको बताउनुभयो ।

मन्त्रिपरिषद्ले गैरकानूनी रुपमा नेपाल बसिरहेका पाँच श्रीलङ्कन नागरिकको रु दुई लाख ५० हजार जरिवाना र ३७ हजार ३८० अमेरिकन डलर प्रवेशाज्ञा शुल्क मिनाहा गरी उनीहरुलाई आफ्नै देशमा फिर्ता पठाउने निर्णय गरेको छ ।

मन्त्री बाँस्कोटाका अनुसार ३०० थान नयाँ विद्युतीय बस खरीद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत साझा यातायात सहकारी संस्था लिमिटेडलाई रु तीन अर्ब बजेट उपलब्ध गराइने भएको छ । सो रकम नेपाल सरकारको शेयर लगानीका रुपमा साझा यातायातलाई उपलब्ध गराइनेछ ।

साझा यातायातले ती बसको व्यवस्थापन गरी गुणस्तरीय सार्वजनिक सेवा प्रवाह गर्ने सरकारको विश्वास रहेको छ । यस्तै प्रदेश नं ३ सरकारले पनि साझासँगको सहकार्यमा विद्युतीय बस सञ्चालन गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

सरकारले प्रदेशमा हस्तान्तरण भएका १४ वटा सडक डिभिजन कार्यालयलाई सडक विभागको कामसमेत निरन्तर गर्न पाउने व्यवस्था गरिएको छ । मन्त्री बाँस्कोटाकाअनुसार मन्त्रिपरिषद्ले ‘बुटिक विमानस्थल विकाससम्बन्धी कार्यविधि, २०७५ संशोधन गर्ने निर्णय गरेको छ । यस्तै राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धकमा नारायणप्रसाद बाँस्तोलालाई नियुक्त गरिएको छ ।

त्यस्तै मन्त्रिपरिषदले नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको सेवाका शर्त र सुविधासम्बन्धी अठारौँ संशोधन नियमावली, २०७ स्वीकृत गरेको छ । सरकारले नगर विकास कोष सञ्चालक समितिको सदस्यमा सात जनालाई नियुक्त गरेको छ । यसरी नियुक्त हुनेमा प्रदेश नं १ दमक नगरपालिकका उपप्रमुख गीता अधिकारी, प्रदेश नं २ वीरगञ्ज महानगरपालिका मेयर विजय सरावगी हुनुहुन्छ ।

यस्तै, प्रदेश नं ३ भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, गण्डकी प्रदेशको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, प्रदेश नं ५ को बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी कर्णाली प्रदेश वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमाया भण्डारी र सुदूरपश्चिम प्रदेशको गौरीगङ्गा नगरपालिकाका प्रमुख भीम देउवालाई कोष सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीपीडितका लागि नेकपाले २५ लाख रुपैयाँ सहयोग गर्ने

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu