ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटनको विकासबाटै प्रदेशको समृद्धि सम्भव– मुख्यमन्त्री पोखरेल


एबीसी न्यूज
३ श्रावण २०७६, शुक्रबार   २ : १३   बजे

 

काठमाडौं, ३ साउन । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको समृद्धि सम्भव भएको बताउनुभएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रकाशन गरेको ‘पर्यटन गाइड’ पुस्तकको आज यहाँ विमोचन गर्दै उहाँले यो वर्ष पर्यटनलाई केन्द्रित गरेर पूर्वाधार निर्माणमा विशेष जोड दिने सरकारको योजना रहेको बताउनुभयो । “प्रदेशका महत्वपूर्ण गन्तव्यसम्म पुग्नका लागि सडक पूर्वाधारमा लगानी गर्दैछाँै”, उहाँले भन्नुभयो । प्रदेशका विभिन्न स्थानमा सांस्कृतिक डबली निर्माणका लागि काम शुरु भएको जानकारी गराउँदै उहाँले प्रदेशका सांस्कृतिक सम्पदालाई पर्या–पर्यटनसँग जोडेर विकास गर्ने जानकारी दिनुभयो ।

मुख्यमन्त्री पोखरेलले लुम्बिनीको बसाइँ अवधि लम्ब्याउन चक्रपथ निर्माण र रामग्राममा बुद्धकालीन सङ्ग्रहालय बनाउने योजना अगाडि सारेको बताउनुभयो । प्रदेशको बजेट खर्चबारे कुरा गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको बजेट विवरण अपूर्ण रहेको बताउनुभयो ।

“लेखा नियन्त्रक कार्यालयले प्रदेश सञ्चित कोषको रकम मात्रै निकालेर सार्वजनिक ग¥यो तर सङ्घीय सञ्चित कोषको रकम त्यसमा सामेल छैन । खानेपानी, सिँचाइ र सडकको योजना सोझै केन्द्रीय कोषबाट प्राप्त गरेका थियौँ”, उहाँले भन्नुभयो । मुख्यमन्त्री पोखरेलले केन्द्रीय कोषबाट प्राप्त गरेको रकम सामेल गरी आर्थिक मन्त्रालयले केही दिनमै यथार्थ विवरण सार्वजनिक गर्ने बताउनुभयो ।

प्रदेश लेखा नियन्त्रक कार्यालयले बिहीबार आर्थिक वर्ष ०७५/०७६ मा ६३ प्रतिशत बजेट खर्च भएको तथ्याङ्क सार्वजनिक गरेको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयले गत वर्षको प्रारम्भिक विवरण सार्वजनिक गर्दै चालूतर्फ ७० प्रतिशत र पूँजीगततर्फ ५९ प्रतिशत खर्च भएको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group