काठमाडौं, ४ साउन । दिक्तेल बहुमुखी क्याम्पसमा भइरहेको लोक सेवा आयोगको पाँचौँ तहको परीक्षा बिथोल्न पुगेका चारजनालाई प्रहरीले नियन्त्रण लिएको छ ।
परीक्षामा अवरोध पुर्याएको भन्दै प्रहरीले शनिबार बिहान नेपाल आदिवासी जनजाति महासंघ खोटाङका सचिव रवीन खम्बु, महासंघका सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार, सविना अछामेलाई पक्राउ गरेको हो ।
संविधानमा व्यवस्था भएको समावेशी र समानुपातिक व्यवस्थाविपरीत लोक सेवा आयोगले विज्ञापन खुलाएको भन्दै त्यसको विरोधमा एक नम्बर प्रदेश बन्द नै गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्