ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भवन निर्माण रोक्न अदालतको आदेश


एबीसी न्यूज
४ श्रावण २०७६, शनिबार   २ : २५   बजे

 

काठमाडौं, ४ साउन । कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनले हेटौँडा–१० मा रु १० करोडको लागतमा निर्माणाधीन रहेको शैक्षिक भवनको काम नगर्न नगराउन उच्च अदालत पाटन हेटौँडाको इजलासले अन्तरिम आदेश दिएको छ । अदालतका न्यायाधीश चण्डीराज ढकालको एकल इजलासले सो आदेश दिएको हो ।

उक्त विश्वविद्यालयले वन विज्ञान अध्ययन संस्थान ९फरेष्टी कलेज० को जग्गामा जबर्जस्ती भवन निर्माण गर्न लागेकामा त्यसलाई रोक्न कलेजका प्रमुख विजय यादवले अदालतमा लिखित मुद्दा दायर गर्नुभएको थियो ।

वन विज्ञान अध्ययन संस्थान हेटौँडाकोतर्फबाट कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय कार्यालय रामपुर चितवनलाई विपक्षी बनाएर दायर गरिएको रिटमा न्यायधीश ढकालले विवादित जग्गाको रुख काट्ने तथा सो जग्गामा कुनै पनि संरचना निर्माण गर्ने जस्ता काम नगर्न नगराउन अन्तरिम आदेश जारी गर्नुभएको छ ।

निवेदनमा माग गरिएअनुसारको विषयवस्तुमा छलफल गर्न साउन ८ गते दुवै पक्षलाई बोलाइएको छ । सम्पत्ति बाँडफाँटको विषयलाई लिएर लामो समयदेखि विवादका कारण रोकिएको विश्वविद्यालयको नयाँ भवन निर्माण कार्य पछिल्लो समयमा प्रहरी परिचालन गरी भइरहेको थियो । कृषि तथा वनविज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीच जग्गाको विषयलाई लिएर लामो समयदेखि चलिरहेको विवादका बीच शैक्षिक भवनको शिलान्यास भएको थियो ।

मन्त्रिपरिषद् र दुई विश्वविद्यालयको सहमतिविपरीत कृषि विश्वविद्यालयले त्रिविको जग्गा अतिक्रमण गरेर भवन निर्माण शुरु गरेको भन्दै त्रिविले सत्यतथ्य बुझ्नका लागि अध्ययन टोली खटाएको थियो । राजेन्द्र पौडेलको संयोजकत्वमा आएको टोली सदस्यमा प्रा डा विनोद पराजुली, प्राध्यापक सङ्घका महासचिव केशवराज शर्मा, कानूनी सल्लाहकार राजेन्द्र खनाल, कर्मचारी सङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद आचार्य रहेका थिए ।

उक्त टोलीले ऐनविपरीत भवन निर्माण कार्य शुरु भएको र तत्काल रोक्न कृषि तथा वन विश्वविद्यालयलाई आग्रह गर्दासमेत बेवास्ता भएपछि वन विज्ञान अध्ययन संस्थानले अदालतको ढोका ढक्ढक्याउन पुगेको क्याम्पस प्रमुख यादवले राससलाई बताउनुभयो ।

हाल उक्त स्थानमा कृषि तथा वन विश्वविद्यालय र त्रिविअन्तर्गत वनविज्ञान सङ्कायको पढाइ भइरहेको छ । धेरै समयदेखि उक्त क्षेत्रमा विद्यार्थी र प्राध्यापकबीच नै विवाद हुने गरेको छ । कृषि तथा वनविज्ञानकोे स्थापनापछि हेटौँडामा वनविज्ञान सङ्कायको डीन कार्यालय स्थापित छ । दश वर्षअघि विश्वविद्यालय गठन भएर साँढे छ वर्षअघि वनविज्ञान सङ्काय डीन कार्यालय सञ्चालनमा आएपछि पहिलोपटक यति ठूलो संरचना निर्माण गर्न लागिएको हो ।

भवनको अभावमा स्नातक तथा स्नातकोत्तर तहको अध्ययन बिहान, दिउँसो र साँझ गरी सञ्चालित छ । कृषि तथा वनअन्तर्गतको वनविज्ञान सङ्कायको स्नातक तहमा ३२० जना, स्नातकोत्तर तहमा १०० र विद्यावारिधि उपाधिका लागि तीन विद्यार्थी अध्ययनरत छन् । दुई वर्षभित्र निर्माण कार्य पूरा गर्ने गरी बानियाँ निर्माण सेवाले कामको जिम्मेवारी लिएको छ । उक्त शैक्षिक भवनमा कूल २० वटा कोठा हुनेछन् । ती कोठामध्ये पाँच वटा प्रयोगशाला, एउटा पुस्तकालय र एक सभाकक्ष हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धारका लागि नेपाली सेनासहित प्राविधिक टोली परिचालन

रसुवा बाढीपीडितका लागि नेकपाले २५ लाख रुपैयाँ सहयोग गर्ने

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu