ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

असल अभ्यासको सकारात्मक सन्देश प्रवाह होस्– उपनेता नेम्वाङ


एबीसी न्यूज
४ श्रावण २०७६, शनिबार   ४ : ५२   बजे

 

काठमाडौं, ४ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले राजनीति दलले संसद्मा गरेको असल अभ्यास र नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्ने सूचना र समाचारलाई प्राथमिकताका साथ स्थान दिन आमसञ्चार माध्यमको ध्यानाकर्षण गराउनुभएको छ ।

संसद् सचिवालयद्वारा यहाँ आयोजित संसदीय सञ्चारको प्रभावकारिता अभिवृद्धिका लागि अन्तरसंवाद समापनमा उहाँले पत्रकारिता क्षेत्रबाट हुने जिम्मेवार टिप्पणी, समीक्षा र विश्लेषणले सांसद र संसद्लाई ठीक ढङ्गबाट अघि बढ्न योगदान पुग्ने धारणा राख्नुभयो ।

संविधानसभाका अध्यक्ष नेम्वाङले भन्नुभयो, “असल अभ्यासलाई अघि बढाउन राम्रो पक्षलाई राम्रै भन्नुपर्छ, जसले संसद्, सांसद र राजनीतिक दललाई अघि बढ्न प्रेरित गर्दछ”, राज्यको महत्वपूर्ण अङ्गको रुपमा संसद्मा प्रतिपक्ष हुन्छ भने सरकारले विजनेश नदिए संसद् चल्न सक्दैन भन्ने पक्षलाई बिर्सन हुन्न ।

विश्वका अरु लोकतान्त्रिक मुलुकले गरिरहेको संसदीय अभ्यासको तुलनामा हामीले गरिरहेको अभ्यासले निधार खुम्च्याउनु पर्ने अवस्था नदेखिएको बताउँदै उपनेता नेम्वाङले भन्नुभयो, “एकाध अपवादका घटनाबाहेक दलहरुबीच सहमति कायम भई संसद् राम्रोसँग सञ्चालन भइरहेको छ, दलहरु मिल्नुपर्ने बेलामा मिलेकै छन्, मध्यस्थताका लागि कसैलाई बोलाउनुपरेको छैन ।

“स्वस्थ्य प्रतिस्पर्धा र दलीय स्वार्थभन्दा माथि उठेर प्राप्त उपलब्धिको रक्षा गर्न एकजुट भएर अघि बढेमा हामीले स्थापित गरेको प्रणाली बलियो हुन गई नेपाली जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न योगदान पुग्ने छ”, उहाँले भन्नुभयो ।

राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले पत्रकारिताप्रतिको आमजनताको विश्वासलाई डगमगाउन नदिने ढङ्गबाट समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई सुझाव दिनुभयो ।

राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले नागरिकले जान्न चाहेका सार्वजनिक महत्वका सूचना उपलब्ध गराउनु राज्यको दायित्व हो भन्नुभयो ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले संसद्मा भएका असल अभ्यासलाई जनतासामु सत्य तथ्यरुपमा पु¥याउनु आमसञ्चार माध्यमको कर्तव्य हो भन्नुभयो । संसद् सचिवालयका सचिव डा भरतराज गौतमले संसद्का समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीको सहजताका लागि सचिवालयले हरप्रयास गर्ने वचन दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले राज्यको निकायमा रहेर सूचना उपलब्ध नगराउने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने ऐन तर्जुमाको मस्यौदाको तयारी भइरहेको जानकारी दिनुभयो ।

महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले संसदीय रिपोर्टिङ – अवधारणा र चुनौती विषय कार्यपत्र प्रस्तुत गर्दै संसदीय विषयमा काम गर्ने पत्रकारले संसद्सम्बन्धी नियम र कानूनका बारेमा न्यूनतम जानकारी राख्न आवश्यक रहेको बताउनुभयो ।

लेखक विष्णु रिजालले संसद्का नियमित काम कारवाहीका अतिरिक्त सत्यतथ्यमा आधारित भएर जनचासोका विषयका समाचार सम्प्रेषण गर्ने पाटोमा आवश्यक ध्यान पु¥याउन सञ्चारकर्मीलाई सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group